आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

पत्रकारको हत्या आशंकामा एक पक्राउ

बर्लिन/एजेन्सी
2 months ago
11/10/2018

बर्लिन/एजेन्सी– जर्मन प्रहरीले बुल्गेरियाकी टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कारपछि हत्या गरेको आशंकामा एकजनालाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीले जानकारी दिएका छन् ।

तीस वर्षीया मारिनोभाको मृत शरीर उत्तरी बुल्गेरियाको रुज सहरको नदी किनाराको बाटोमा फालिएको अवस्थामा भेटिएको थियो । उनी रुजस्थित सानो निजी टीभीएन टेलिभिजन च्यानलका लागि समसामयिक कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन् ।

अधिकारीले मारिनोभाको टाउकोमा गहिरो चोट लागेको र निस्सासिएर मृत्यु भएको बताएका छन् । बुल्गेरियाली अधिकारीको अनुरोधमा जर्मन प्रहरीले शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको बुल्गेरियाका गृहमन्त्री म्लादेन मारिनोभले बताए । जर्मन प्रहरीले पनि बलात्कार, लुटपाट र हत्याको आशंकामा जर्मनीको ह्यामबर्ग नजिक स्टाड नगरबाट २० वर्षीय एक युवकलाई पक्राउ गरेको पुष्टी गरेको छ ।

(Visited 1 times, 1 visits today)