सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

गरिबीनिवारण कोष र चौधरी फाउण्डेसन सम्झौता

राजधानी समाचारदाता
2 weeks ago
11/10/2018

 

 

राजधानी समाचारदाता/काठमाडौं।

विपन्नवर्गका हस्तकला उत्पादक कालीगढको उत्पादनको दिगो विकास र वजारसम्मको पहुँच स्थापनागर्न गरिवीनिवारण कोष र चौधरी फाउण्डेसन वीच सहकार्य गर्ने सम्झौता भएको छ ।

कोषद्वारा विभिन्न जिल्लामा गठन भएका उत्पादन समूहका सदस्यले उत्पादन गरेका हस्तकलाका सामग्री उत्पादनलाई अझ सुदृढ एवं व्यवस्थितबजार प्रबद्र्धन गर्ने उद्देश्यले कोष र फाउण्डेशनवीच बुधवार  समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझादारीमा कोषका तर्फवाट कार्यकारी निर्देशक नहकुल केसी र फाउण्डेसनको तर्फवाट प्रवन्धनिर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका हुन् ।

‘कोषमार्फत गठन भएकाउत्पादन समूहका सदस्य मार्फत उत्पादित हस्तकलाका सामग्रीको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजार प्रबद्र्धन, साझा सुबिधा केन्द्रको संस्थागत विकास गर्नुका साथै हस्तकला कर्मी तथा कलिगढको सीप तथा क्षमता अभिवृद्धि गरी राष्ट्रको दिगो तथा समावेशी आर्थिक विकासको चाहना र आवश्यकतालाई संयुक्त रुपमा योगदानगर्नु समझदारीको उद्देश्य रहेको छ’ समझदारी पत्रमा भनिएको छ ।

समझदारी अनुसार कोषको कार्यक्रमअन्तर्गत गठन भएका हस्तकला सम्बन्धी उत्पादनलाई नवलपरासीजिल्लामा रहेको ‘शाश्वतधाम’माअवस्थित संस्कृति सम्पदा भण्डारमा आवश्यक्ता अनुसार बिक्री स्टलमा राखिने छ । कोषले कोषमार्फत गठन भएका साझा सुबिधा केन्द्र, उत्पादन समुहतथा कलिगढ़को विवरण फाउण्डेसनलाई उपलब्ध गराउने बताएको छ । कोष सँग रहेका नमुना उत्पादनको प्रदर्शन तथाबजार प्रवद्र्धनकालागि फाउण्डेसनलाई उपलब्ध गराउने पनि जनाएको छ ।

त्यसैगरी फाउण्डेसनले कोषद्वारा गठन भएका उत्पादन समूहका सदस्यहरु मार्फत उत्पादित हस्तकलाका सामाग्रीको बजार प्रबद्र्धन गर्न सहयोग गर्नेछ । फाउण्डेसनले ‘उन्नतिबजार’ मा बिक्री स्टलमार्फत बिक्रीएवं प्रवद्र्धनमा सहयोग गर्नेछ ।

कोषले सहयोग गरेकाउत्पादन समूहका सदस्यहरुले तयार गरेको वस्तु बिक्रीगर्दा नेपालको ब्रान्ड नाम प्रयोग गर्ने पनि सम्झौतामा उल्लेख छ । त्यसैगरी फाउण्डेसनले हस्तकलाका सामानखरिद गर्दा साझा सुबिधा केन्द्र वा उत्पादन समूहसँग अनिवार्य रुपमा सम्झौता गर्ने जनाएको छ ।

कोषले हस्तकला कार्यक्रमअन्तरगत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग र विश्व बैंकको व्यवस्थापनमा द्वन्द्वप्रभावितकालागि बजार निर्माण परियोजना’ मार्फत तेह्रथुम, धनुषा, कपिलबस्तु, दाङ, दैलेख, गोरखा र म्याग्दी जिल्लामा ढाका, मिथिला पेंटिंग, सिक्की, अल्लो, माटोका भाँडा, राडीपाखी, बाँस, प्राकृतिक रंगाई, नेपालीकागज र ऊनी अन्तरगतका सीप क्षेत्रमा १४ वटा साझा सुबिधा केन्द्र निर्माण गरी ३७५ उत्पादन समुहका ७ हजार ५२७ हस्तकलाकर्मीहरुको परम्परागत सीपलाई परिष्कृत गरी जीवनयापनकालागि दिगो आर्थिक वृद्धि गर्न सहयोग गर्दै आईरहेको छ । उत्पादन समूहकाकुल सदस्यमध्ये ८५ प्रतिशत महिलारहेका छन् ।