मंगलवार १० आषाढ, २०७६ (Tuesday, 25th June 2019)
१० आषाढ, २०७६ (25 June 2019)

पब्लिक कम्पनीमा जाने बुद्धको घोषणा

मधुजंग पाण्डे
9 months ago
11/10/2018

मधुजंग पाण्डे/काठमाडौ।

मुलुकको आन्तरिक उडानमा सञ्चालित निजी वायुसेवा सेवाप्रदायक कम्पनी बुद्ध एयरले पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ । बुधबारदेखि आफ्नो सेवा सञ्चालनको २१ वर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गरेको अवसरमा बुद्धले आगामी दुई वर्षपछि पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्नकालागि पब्लिक कम्पनीमा जाने घोषणा गरेको हो । अहिलेसम्म निजी कम्पनीको रुपमा रहेर आन्तरिक र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय उडान भरिरहेको बुद्धले आगामी २ वर्षपछि अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा गरिसकेको छ ।
बुद्ध एयरलाईन्सका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट उडान सुरु गर्ने जानकारी दिए । उनले अन्तर्राष्ट्रिय उडानलाई मात्र पब्लिकको रुपमा लगिने बताए । अन्तर्राष्ट्रिय उडानलाई मात्र पब्लिक कम्पनीमा लैजाने र आन्तरिक उडान भने पब्लिकमा नजाने जानकारी गराउँदै बस्नेतले भने, ‘अब हामी अन्तर्राष्ट्रिय तर्फ ३० प्रतिशत मात्र शेयर राख्छौँ , आन्तरिक उडान भने निजीबाटै गछौं’। अहिलेसम्म नेपालमा कुनैपनि हवाई सेवा प्रदायक कम्पनी पव्लिकमा छैनन्। भन्दै उनले पहिलोपटक बुद्धले नै सुरु गर्न लागेको जानकारी दिए । अन्तर्राष्ट्रिय उडानकालागि लाइसेन्स पाइसकेको बुद्धले अहिले काठमाडौंबाट भारतका केही सहरमा उडान भरिरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरालाई आधार बनाएर सुरुमा छिमेकी मुलुकका विभिन्न सहरमा उडान गरिने वस्नेतले जानकारी दिए । बुद्धको अन्तर्राष्ट्रिय उडानलाई पव्लिकमा लैजाने घोषणा गर्दै एयरलाईन्सका प्रबन्ध निर्देशक बस्नेतले रुट परमिट तथा प्रक्रियाका हिसाबले भारतमा पहिला उडान हुने भएपनि पोखराबाट चीनमापनि उडान भर्ने जानकारी दिए । क्षेत्रीय हुँदा लामो दुरीमा उडान भर्ने योजना बनाएको बुद्धले सन् २०२० मा विमानस्थल सञ्चालन हुने र त्यही वर्षबाट आफ्नो विमानले पोखराबाट अन्तर्राष्ट्रिय भर्ने योजना बनाएको बताए ।

‘अहिले इपिसिएफ मोडलबाट निर्माण भइरहेको विमानस्थल तोकिए भन्दा छिटै निर्माण होला त्यसपछि हामी उडान सुरु गर्छौ यो बीचमा तयारीकालागि हामीसँग प्रसस्त समय पनि छ’ एटिआर विमान चलाउन थालेको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बस्नेतले भने । अबको १० वर्षभित्र २५ लाख पर्यटक पोखराबाट ओहोर–दोहोर गराउन सकिने बुद्ध एयरको अध्ययनले देखाएको छ । त्यसरी आउने २५ लाख पर्यटकमा कम्तिमा पनि ३० प्रतिशतलाई बुद्ध एयरले सेवा दिनेगरी बुद्ध एयरले आफ्नो सेवा विस्तारको योजना बनाएको उनले जानकारी दिए ।

यसअघि आन्तरिक उडानमा दुर्गम क्षेत्रमा नजाने घोषणा गरिसकेको बुद्धले अवको एकमात्र लक्ष्य भनेको अन्तर्राष्ट्रिय उडान भएको बताएको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानकालागि केही सीमा हुने भएपनि पर्यटकीय क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्न सकिने वस्नेतको भनाइ छ । त्यसैले अहिले आफुहरुले पर्यटकीय गन्तव्यस्थल पोखरालाई नै अर्जुनदृष्टि बनाएको भन्दै उनले सीमाका बाबजुद पनि अब यो कम्पनीले दुई छिमेकी मुलुक भारत र चीन लगायत अन्य गन्तव्यमा आफ्नो उडान सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए ।

बुधबारदेखि २१ वर्ष पुरा गरेर २२ औं वर्षमा प्रवेश गरेको बुद्ध एयरलाइन्सले एटिआर विमान उडान थालेको १० वर्ष पुगको छ । सोही अवसरमा सिंगापुरबाट काठमाडौं आएका एटिआरका हेडअफ सर्भिस बिली ओहले बुद्ध एयरले यात्रुको सेवा र व्यवसायमा पाएको सफलता एकदमै उत्कृष्ट्र एवं लोभलाग्दो भएको बताए । उनले हवाई यात्रुको सुरक्षा र सेवामा बुद्ध एयरलाइन्सले गरेको उत्कृष्ट प्रदर्शनबाट दक्षिण एसिया क्षेत्रमै एटिआरको राम्रो छाप रहेको बताए ।

६ वटा एटिआर७२–५००, ३ वटा एटिआर ४२–३२० र दुई वटा बीचक्राफट १९००‘डी’ विमान रहेको बुद्धले आन्तरिक उडानमा एटिआर नै उडाने भएको छ । प्रवन्ध निर्देशक आफ्नो २१ वर्षे हवाई सेवा सञ्चालनको अनुभवबाट नेपालको भौगोलिक अवस्था अनुसार एटिआर विमान नै उपयुक्त भएकोले यस कम्पनीले हाल सञ्चालित एटिआर बाहेक अन्य विमाल ल्याउने सोच नबनाएको समेत जानकारी दिए । एटिआर उडानको १० वर्षको अनुभवले पनि बुद्ध एयर एटिआरबाटै नेपालमा हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउन सकिने निष्कर्षमा पुगेको उनको दावी छ ।

अहिले काठमाडौबाट भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर र पोखरामा उडान भरिरहेको बुद्धले काठमाडौंबाट भारतको वाणाअसीमा सपनि नियमित व्यवसायीक उडान भरिरहेको छ । यसैगरि, बुद्धले पोखराबाट भैरहवा र भरतपुर उडान सुरु गरिसकेको छ भने नेपालगंज पनि उडान भर्ने घोषणा गरिसकेको छ ।

(Visited 18 times, 1 visits today)
Loading comments...