सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

लय सँग्रोला र रेखा थापालाई हरितारा चलचित्र पुरस्कार

राजधानी समाचारदाता
2 weeks ago
11/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं ।

यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा चलचित्र निर्माता÷निर्देशक  रेखाथापालाई प्रदानगर्ने निर्णय गरिएको छ ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक श्री मनोज शमसेर जवराको अध्यक्षतामा बसेको वैठकले बुधबार सो निर्णय गरेको हो ।

३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रकालागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याएवापत लय संग्रौला यो पुरस्कार प्रदान गर्न लागिएको हो ।

यस्तै दुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याएवापत रेखा थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ अर्पण गर्ने निर्णय गरिएको सो पुरस्कार गुठीले जनाएको छ ।  हरितारा चलचित्र पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।

३ दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याए वापत अभिनेता उत्तम केसीलाई र नेपाली रंग पत्रकारिता तीन दशकदेखि योगदान पु¥याएका विजय रत्नतुलाधरलाई श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गरिने भएको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।

यस्तै अभिनेता निर्देशकश्री रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई परिवर्तन सम्मान २०७५बाट सम्मान गरिने आयोजक एवम् परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।