बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

बखतबहादुर शाहीको छोट्टीमा कर्णाली पीडा

राजधानी समाचारदाता
2 months ago
11/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

युवा साहित्यकार बखतबहादुर शाहीको छोट्टी उपन्यास बुधबार राजधानीमा एक समारोहबीच नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसी, साहित्यकार भुवनहरि सिग्देल, लेखक स्वयं र शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलद्वारा संयुक्त लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै अर्जुन नरसिंह केसीले यो उपन्यास कर्णालीको दस्तावेजका रूपमा आएको छ भने । उनले कर्णालीको बारेमा यतिको मिहिन उपन्यास नआएको बताउँदै कर्णालीको अवाज यहाँसम्म ल्याएकोमा लेखकलाई बधाई दिए ।

अग्रज साहित्यकार भुवनहरि सिग्देलले छोट्टी उपन्यासमाथि टिप्पणी गर्दै उपन्यासभित्र उल्लेख गरिएको सामाजिक सुधारको चेत उल्लेखनीय रहेको बताउँदै भने, ‘कर्णाली भेगको कथा रहेको यस उपन्यासले इतिहासदेखि वर्तमानसम्म समेटेको छ । यो नारीप्रधान उपन्यासमा हुम्लामा जन्मिएकी बालिका जो संघर्ष गर्दै नर्स हुन सफल रहनेको कथा हो ।’ जहाँको कथा त्यहीँको भाषा र कलमले लेखिएको उपन्यास विशेष रहेकाले यसले महिला विभेदको अन्त्य गर्न सहयोग गर्ने विश्वास सिग्देलले व्यक्त गरे ।

साहित्यकार हेमन्त विवसले उपन्यासको विषयवस्तुबारे परिचय गराए । पत्रकार अमृत भादगाउँलेले छोट्टी उपन्यास कर्णालीको आँखीझ्याल भएको बताए ।

उपन्यासले समाजमा रहेको महिला हिंसा, छुई प्रथा, सामाजिक विवाहवारी प्रथा र परम्पराजस्ता विषयलाई उठान गरेको लेखक बखतबहादुर शाहीले बताए । शिखा बुक्सले प्रकाशनमा ल्याएको यो उपन्यास २०० पेजको छ । यस पुस्तकको मूल्य ३२५ रूपैयाँ राखिएको छ ।

(Visited 3 times, 1 visits today)