सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

बानिकाको नयाँ दसैं गीत

राजधानी समाचारदाता
2 weeks ago
11/10/2018

काठमाडौं

नजिकिदै गरेको दशैंलाई लक्षित गरेर गायिका बानिका प्रधानले आफ्नो नया“ दशैं गीत ‘मायाको रंग…’ को म्युजिक भिडियो रिलिज गरेकी छिन् । यो भिडियोलाई उनले युट्युवबाट रिलिज गरेकी हुन् ।
गायक तथा संगीतकार सुरेन्द्र मान सिंहले उक्त भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई सुरेन्द्रले नै छायँंकन तथा सम्पादन समेत गरेका छन् । भिडियोमा हीरा रसाइली तथा नन्द लगूनले अभिनय गरेका छन् । अमेरिकाको रमणीय दृष्यमा छायाँकन गरिएको यो गीतको भिडियो निकै आकर्षक बनेको छ ।
मेघराज लगुनको संगीत रहेको यो गीतको शब्दहरु स्नेहश्री थापा तथा सुरेश वाग्लेले संयुक्त रुपमा लेखेका हुन् ।