बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

बैतडी जिल्लामा ३४२ प्रहरी परिचालन

राजधानी समाचारदाता
2 months ago
11/10/2018

 

 

राजधानी संवाददाता/बैतडी।

दशै, तिहारको सुरक्षाको लागी जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लामा ३४२ प्रहरी परिचालन गरेको छ । नागरिकले शान्त र सभ्य तरिकाले चार्डपर्व मनाउन पाउन भन्ने उदेश्यले प्रहरीले यो समयमा सोही संख्यामा प्रहरी परिचालन गरेको हो । चाडपर्वको समयमा अप्रीय घट्ना धेरै हुन सक्ने भन्दै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नेत्रमणी गीरीका अनुसार जिल्लामा ९ जनाको कमाण्ड पोष्ट बनाइएको छ । यस्तै पैदल गस्ती, राजमार्ग गस्ती, मोवाईल गस्ती, क्यूआरटी गस्ती पनि प्रहरीले गरिरहेको छ । जिल्लाको गोठालापानी र शाहीलेक बजारमा पीकेटहरु पनि प्रहरीले परिचालन गरेको छ । साधा पोशाकका प्रहरीहरु पनि जिल्लामा खटीएका छन् । जिल्लाका सम्पूर्ण प्रहरी चौकीका प्रहरीहरु पनि २ जना कार्यालयमा रहने गरि अन्य गस्तीमा खटीएका छन् ।

यस्तै झुलाघाट हेल्थ डेक्समा पनि प्रहरी खटीएको प्रहरी प्रमुख गीरीले बताए । जिल्लाको दुई ठाउँ गोठलापानि र खोड्पे बजारमा प्रहरीले दशै तिहारलाई मध्ययनजर गर्दै नागरिक सहायता कक्षको स्थापन पनि गरेको छ । जिल्लाको जनशक्त्तीले नपुगे पछि ईलाका प्रहरी कार्यालय पाटनमा प्रदेश कार्यालयबाट १० जना प्रहरी ल्याईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गीरीले बताए ।  प्रहरी प्रमुख गीरीका अनुसार महाअष्टमीको दिन जिल्लाका त्रिपुरामा लाग्ने मेलामा २० जना प्रहरी, देहीमाण्डौको मेलाको लागी २० र पाटनमा लाग्ने मेलाको लागी २० जना गरी मेलाको लागी मेला लाग्ने ३ नै ठाउँमा मेला अवधीभर ६० जना प्रहरी खटाईने छ । जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारेकोले सबै नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ । साथै सबैलाई सभ्य र भव्य तरिकाले चाडपर्वहरु मनाउन पनि जिल्ला प्रहरी कार्यालय बैतडीले आग्रह गरेको छ ।

(Visited 3 times, 1 visits today)