बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

कर्मचारीको गुनासो, दसैं आयो, तलब आएन

राजधानी समाचारदाता
2 months ago
11/10/2018

 

राजधानी संवाददाता/दार्चुला।

झन्डै आधादर्जन सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलबभत्ता खान पाएका छैनन् । कार्यालय संघीय, प्रदेश वा स्थानीय कुन सरकार अन्तरगत रहने अर्थात कार्यालय रहने, नरहने निश्चित नभएका दार्चुलाका आधादर्जन सरकारी कार्यालयका कर्मचारीहरुले तलब भत्ता खान पाएका छैनन् । कार्यालय नरहने करिब टुगों लागिसकेका तर कुनैपनि संरचना अन्तरगतको कार्यालयमा ब्यवस्थापन नभएका कर्मचारीहरुले तलब भत्ता नपाएका हुन् ।

साविकको जिल्ला कृषि विकास कार्यालय, पशु विकास, भू संरक्षण कार्यालयलगायतका कार्यालयमा कार्यरत केहि कर्मचारीहरुले चालू आर्थिक वर्षको शुरुदेखी तलब र दशै भत्ता खान नपाएको बताए ।

कृषि, पशु, भू संरक्षण, महिला तथा बालबालिका कार्यालय लगायत जिल्लामा संरचना नरहने निश्चित भइसकेका कार्यालयमा कार्यरत अधिकाशं कर्मचारीहरु स्थानिय तहमा खटाइसकेको भएपनि केहि कर्मचारी व्यवस्थापन अझै भएका छैनन् ।

स्थानीय तहमा काज खटाइएका कर्मचारीहरुमध्ये दरबन्दी भएका सबैले सम्बन्धीत गाउँपालिका तथा नगरपालिकाबाट तलब पाउँने भएपनि जिल्लामा बसेका कर्मचारीहरु अलमलमा रहेकाछन् ।

स्थानीय तहमा पशु शाखा अन्तरगत ३ जनासम्मको दरबन्दी रहेकोमा अधिकाशं कर्मचारीले गाउँ नगरपालिकाबाट तलब पाउँने टुगों लागेपनि आफुहरु एक दर्जन कर्मचारी जिल्लामै रहेको प्रा.स. गोपाल धामीले बताए । सरकारले समयमै कर्मचारी ब्यवस्थापन गर्न नसक्दा नैरास्यता बढ्दै गएको साबिकको पशु बिकास कार्यालयमा कार्यरत कार्यालय सहयोगी प्रमानन्द भट्टले गुनासो गरे । दशै तिहार आयो, न तलब न दशै भत्ता, छोराछोरीको लूगाफाटो कसरी जोहो गर्ने उनले भने ।

‘चालू आर्थिक बर्षको शुरुदेखी तलब नपाएर दशैँमा तलबभत्ता पाइएला भन्ने आसा थियौ’ भट्टले भने ‘चाडपर्वको समयमासमेत तलब नपाउदा खल्लो लागेको छ ।’

जिल्लाका तीनओटा सरकारी कार्यालयहरु जिल्ला स्वास्थ्य कार्यालय, सिचाइ र बन डिभिजन कार्यालय प्रदेश सरकार मातहत रहने निश्चित भएको छ । आधादर्जनको हाराहारीमा संघीय सरकार मातहत पुरानै संरचनामा कार्यालयहरु सञ्चालनमा छन । खारेज हुने वा संरचना परिवर्तन हुने अधिकाशंं कार्यालयहरु योजना, कार्यक्रम बिहिनताको स्थितिमा रहेका छन् ।

संघीय सरकार मातहतका कार्यालयबाहेक देशभरी नै कर्मचारीले तलबभत्ता पाएका छैनन । कर्मचारी ब्यवस्थापनमा देखीएको अन्यौलता सामाधान गरेर कर्मचारीलाइ तलब खाने बाटो खुल्ला गर्न मन्त्रालयले समयमै पहल गर्नुपर्ने कर्मचारीहरुको माग रहेको छ ।

 

(Visited 4 times, 1 visits today)