सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

चालकलाई जुत्ता अनिवार्य

राजधानी समाचारदाता
2 weeks ago
11/10/2018

 

राजधानी संवाददाता/भोजपुर।

जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्यरुपमा जुत्ता लगाउनु पर्ने नियम लागू गरिएको छ ।

चप्पल लगाएर सवारी साधन चलाउदा दुर्घटना बढेको भन्दै दुर्घटनालाई न्यूनीकरण गर्नका जुत्ता लगाउनु पर्ने नियम  लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो ।  जुत्ता नलगाई सवारी साधन चलाएमा सवारी अनुमति पत्र निर्देशिका अनुसार २ हजारदेखि ५ हजारसम्म जरीवाना गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ  ।

त्यस्तै भोजपुरबाट लेगुवासम्मको ट्याक्सी भाडा घटाएर ५ सय रुपैयाँबाट ४ सय कायम गरिएको छ । त्यसैगरी बसमा राख्ने गरिएका हर्नहरु २ वटा मात्र राख्न पाइने, एक महिनाभित्रमा  सार्वजनिक सवारी साधनले बसको अगाडि, पछाडि, दायाँबायाँ र भित्रपट्टि नम्बर प्लेट अनिवार्य राख्नु पर्ने, सवारी साधनमा स्टिकर अनिवार्य  राख्नुपर्ने लगायतका निर्णय गरिएको छ  ।

एक महिनासम्म पनि निर्णयलाई कार्यान्वयन नगरे एक हजार जरीवाना गर्ने व्यवस्था रहेको छ । छलफलमा जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव कुमार थेबे, यातायात व्यवसायी, ट्राफिक प्रहरी,  सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।