सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

१६ वर्षे किशोरीमाथि सामूहिक बलात्कार

प्रकाश आचार्य
2 weeks ago
11/10/2018

बुटवल
रूपन्देहीको देवदहकी एक युवतीमा सामुहिक बलात्कार भएको घटना बाहिर आएको छ । रूपन्देहीको देवदह नगरपालिकाकी १६ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा देवदह–१० कै ३५ वर्षकाका उदय थापा र बुटवल उपमहानगरपालिका वडा नम्बर– ७ बस्ने २६ वर्षका कृष्ण थापालाई इलाका प्रहरी कार्यालय, बुटवलले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

उनीमाथि असोज २३ गते साँझ बलत्कार भएको बताइएको छ । बुटवलमा चलिरहेको औद्योगिक प्रदर्शनी घुमाएर बुटवल र देवदहको बिचमा रहेको शिवनगर वनमा मोटरसाईकलमा लगेर सामुहिक बलात्कार गरिएको प्रहरीमा पीडित युवतीले उजुरी दिएपछि घटना बाहिर आएको छ ।

प्रहरीले घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा, र ४ वटा खोल भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । सो घटनामा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए ।

बलत्कारका आरोपी उदय काठको काम गर्छन । भने कृष्ण गाडीका स्टाफ हुन् । ती किशोरीले पनि काठको काम गर्ने बुझिएको छ ।
घटनामा संलग्न रहेका अर्का एक ब्यक्ति जस्ले ती किशोरीलाई मोटरसाइकलमा बसालेर जंगल पु¥याएका थिए उनी भने फरार छन् । अदालती प्रकृया पु¥याएर उनको घटना दर्ता भएको डिएसपी मल्लको भनाइ छ ।

ती किशोरी उपचारपछि अहिले घरमै आराम गरिरहेकी छन् । पछिल्लो समय देशभर बलात्कारका घटना बढदै गएका छन् ।