बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

नागरिक समाज र पत्रकारबीच सहकार्यमा जोड

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

राजधानी समाचारदाता/ललितपुर।

नागरिक समाज र पत्रकारबीचकोे सहकार्यले सामाजिक विकासमा टेवा पुग्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ ले ललितपुरद्वारा असोज २५ गते आयोजित विकासका लागि नागरिक समाज र सञ्चार जगत्बीच सहकार्य विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरूले नागरिक समाज र पत्रकारबीच सहकार्य गर्न सके समस्याको खोजी गरी समाधानको उपाय पत्ता लगाउन सजिलो हुने बताएका छन् ।

कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले नेपालको संविधान २०७२ अनुसार देशमा तीन तहको सरकार सञ्चालन भइरहेको अवस्थामा कानुन निर्माण हुन नसक्दा कार्यान्वयनमा चुनौती रहेको स्मरण गर्दै नागरिक संगठनको सक्रियाताले सबैलाई जवाफदेही बनाउनुपर्ने खाँचो औंल्याए । गैरसरकारी संस्था महासंघ नेपाल ललितपुरका अध्यक्ष रामहरि घिमिरेले जनसरोकारका विषयमा नागरिक समाजको भूमिका महŒवपूर्ण हुने स्मरण गर्दै सरकारले सहकार्यका नाममा गैरसरकारी संस्था र पत्रकारहरूलाई खुम्च्याउन सक्नेमा ध्यानाकर्षण गराए ।

इरिकनको हेड कोलिसन, ललितपुर संयोजक नन्दा ताम्राकारले विद्यालयमा दण्डरहित शिक्षा दिइए÷नदिइएको र स्वास्थ्य सेवा जनतालाई सर्वसुलभ रूपमा उपलब्ध भए÷नभएकोबारे नागरिक समाज र पत्रकारहरूले खोजी गर्नुपर्ने उल्लेख गर्दै २० वर्षपछि स्थानीय तहको निर्वाचन भएका कारण जनप्रतिनिधिसँग जनअपेक्षा धेरै रहेको बताइन् ।

नेपाल शिक्षक संघ ललितपुरका अध्यक्ष गणेश खनालले नागरिक तथा राजनीतिक आन्दोलनमा सहकार्य गरेको नागरिक समाज र पत्रकारहरूले जनताको आर्थिक, सामाजिक, सांंस्कृतिक परिवर्तनका लागि एकीकृत रूपमा सचेतना जगाउनुपर्ने खाँचो औंल्याए । इन्सेकको पारस्परिक जवाफदेहिता परियोजना संयोजक श्रीराम बजगाईंले राज्य संयन्त्रलाई कानुनी र नीतिगत रूपमा जवाफदेही बनाउन नागरिक समाज र सञ्चार जगत्को साझा प्रयासको खाँचो औंल्याउँदै नागरिक समाजले सरकारी निकायलाई झक्झक्याउनुपर्ने बताए । मानवअधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले सकारात्मक सामाजिक रूपान्तरण र विकासका लागि दलीय भावनाभन्दा माथि उठेर नागरिक समाज र पत्रकारहरूले भूमिका निभाउनुपर्ने खाँचो औँल्याए ।