बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

सीता र नारीवाद

सुयोग ढकाल
2 weeks ago
12/10/2018

 

सुयोग ढकाल

ह्याप्पी दसैं बहुतै ट्रेन्डमा छ, नहोस् पनि कसरी ? दसैंं दैलोमा छ । नयाँ नोट साट्नेदेखि नयाँ लुगा किन्नेहरूको लर्को, सके त म आफूलाई पनि असन बजार नै उठाएर घर लैजाऊझैं लाग्या छ ।
आज संस्कार अनि इतिहासको बात मार्न मन छ, इतिहासका केही कुरालाई एउटै भाँडोमा पारेर घोलघाल पार्दै मथ्न मन छ, आउनुहोस् आउँदै गरेको दसैंंको शुभकामनाका साथ आजको शुक्रबारको यो कथाकुनो सुरु गरौं ।
दसैंं अझ भनौं दशहरा हिन्दू संस्कारको महŒवपूर्ण पाटो हो, जहाँ सत्यको असत्यमाथिको विजयलाई मनाउने गरिन्छ । सत्य अर्थात् राम अनि असत्य अर्थात् रावण, यी दुई ध्रुवबीच रामायण अनि दसैंंका संघारहरू कोरिएका छन् ।
रावणलाई शास्त्रहरूले कहिलेकाँही उल्टो व्याख्या गरेको पो हो कि, रामायण यति मात्र नहोला कि ? राम अनि रावणको युद्धलाई अनि रावणको हारलाई एउटा नयाँ दृश्य दिइन जरुरी पनि छ कि भन्ने एउटा तर्क छ । रामायणलाई एउटा हिन्दू चलचित्रको सस्तो द्वन्द्व अनि नायकको जित र हिस्रंक खलनायकको हारभन्दा अलिक धेरै व्याख्या गर्न जरुरी छ । रावण खलनायकभन्दा धेरै अरू कुराहरू पनि हुन्, जसलाई शास्त्र साहित्यले व्याख्या गर्न उति जरुरी नठानेको पाइन्छ । अर्कोतर्फ नायकको नायकीको अनुपात खलनायकको खलनायकीमा पनि निर्भर पर्दछ हैन र ? एउटा आर्यन राजा र द्राभिडियन राजाबीचको द्वन्द्व रामायण र एउटा धर्म अनि धर्मको पथ भड्केका राजाबीचको द्वन्द्व रामायण । रावणको रामायणमा उपस्थितिले आफू जतिसुकै शक्तिशाली भए तापनि सत्य र धर्म भएको आफूभन्दा सानै र कम शक्तिशाली प्रतिस्पर्धी आए पनि आफ्नो हार र अन्त्य हुने कुरालाई जनाएको छ ।

रावणको उपस्थिति

बाल्मीकि रामायणले खलनायकका रूपमा रावणलाई प्रदर्शन गरेको छ, जसरी अँध्यारोबिना उज्यालो सम्भव छैन त्यसैगरी खलनायकको भूमिकाबिना नायक पनि सम्भव छैन । रामलाई मर्यादा पुरुषोत्तम बनाउन रावणको भूमिका पनि चर्चायोग्य छ । कहिलेकाँही रामायणले रावणलाई अन्याय गरेको जस्तो पनि भान हुन्छ । सिद्ध रावण जो स्वयं शिवका परम भक्त हुन्, तिनले किन सीता मातालाई हरेर लगे, लगेर सीतासँग रावणले जबर्जस्ती गरेको कुनै घटनाक्रम पनि छैन, मर्यादापूर्वक वाटिकामा सीतालाई विराजमान गराएका रावणपछि रामको आगमनसँगै माधिरन पुग्छन् । त्रेता युगको यो कथा अनि विजय उत्सवको धोतकका रूपमा हामी नेपालीजनलगायत समस्त सनातन परिवार दसैंं पनि मनाउने तरखरमा छौं ।

 

 

धनका राजा कुवेरका जेठा दाइ रावण ब्रह्माका १० वटा मनुपुत्रहरूमध्ये प्रजापति पुलत्स्यका नाति हुन् । अहिले पनि भारतका जोधपुरका देव मुडगल गोत्रका ब्राह्मणहरू आफूलाई रावणका सन्तति बताउ“छन् । हरेक वर्षको नवरात्रिमा रावणको श्राद्ध गर्दछन्

 

कतिका तर्कहरू छन्, रावणले आफ्नो मृत्यु र मोक्ष रामको हातबाट मारिएमा मात्र हुने चाल पाएर रामलाई आफ्नो बध गराउन यसो गरेका भन्ने । रामायणका यी कुराहरूको प्रमाण अहिले पनि रामभन्दा रावणप्रतिको अर्चना गर्ने दक्षिण भारतीय बासिन्दा अनि श्रिलकांका परम्पराहरूले दिएका छन् । भारतको मध्य प्रदेशको बिदिसा जिल्लाको नेत्रन भन्ने ठाँउमा कन्यूकुब्जा ब्राह्मणहरूले रावणलाई कुल पूजा गर्ने देवताका रूपमा पूज्ने प्रसिद्ध मन्दिर छ । त्यसैगरी, रावणकै अर्को मन्दिर भारतको कानपुरमा रहेको छ, दशहरा अर्थात् नवरात्रिभरि यो मन्दिर खुला रहन्छ । त्यस्तै, ककिनाडा, आन्द्र प्रदेश अनि राजस्थानसम्म पनि रावणका विभिन्न प्रतिमा र मन्दिरहरू छन् ।
अहिले पनि हिन्दू दर्शनको महŒवपूर्ण पुस्तक रावण सहिंताका रचयिता रावणबारे किन शास्त्रले उत्खनन गरेको छैन ? सीतालाई फिर्ता लगेर अग्निपरीक्षा दिन लगाउने रामलाई मर्यादा पुरुषोत्तम कसरी भनियो ? विभिन्न प्रश्न अनि रहस्यहरू रामायणले आफूमा पोको पारेको छ । आज भने हामी रामायणका रावणलाई केलाउने प्रयासमा छौं ।

रावणको नाम

शिवको कैलाशलाई लंकामा सार्छु भनेर रावणले कैलाश पर्वत उठाएका थिए । त्यसैबखत रावणको औंला शिवको पैंतालाले टेकिन पुग्यो । पीडाले छट्पटाएका रावणले शिव रिसाउलान् भनेर नृत्य अनि संगीत प्रदर्शन गरे । शिवले प्रसन्न भई रावण अर्थात् ठूलो आवाजमा बोल्ने भनेर नामकरण गरेका रावण उनको नाम रहन गयो ।
रामायणको एक प्रमुख पात्र रावणको व्यक्तित्वबारे धार्मिक पुस्तकहरूबाट नै पाइएका तथ्यहरू यस्ता छन् ः छुवाछूतको अन्त्य गर्ने अनि अन्धविश्वासविरोधी, आफ्नो कर्तव्यप्रति निष्ठावाण, आफ्नी बहिनीको अपमानको विरुद्धमा संघर्ष गर्ने, माता सीतालाई सम्मान साथ राख्ने, अशोक वाटिकामा कुनै पनि पुरुषलाई जान निषेध गरेको, स्वयं रावण आफू पनि नजाने, धर्मका लागि आफ्नो सन्तानको समेत बलिदान दिने, कति वेद अनि कविताको लेखक, आफ्ना भाइबहिनीलाई माया गर्ने, महिलालाई बराबरीको सम्मान दिने, आफ्ना प्रजालाई सुख समृद्धि प्रदान गर्ने ।

 

अहिलेको समकालीन समाजको याद आउ“छ, आखिर अहिले हाम्रो समाजमा रावणकै जित त भइरहेको छ । निर्मला हत्याकाण्डका रावणले जिते, निर्मलाको केस धर्तीमै बिलायो, रावणको जगजगी के नया“ भयो र अहिले?

 

नादी शास्त्रका अनुसार रावण एउटा कुशल आयर्वेद ज्ञाता अनि संगीतज्ञ पनि थिए । उनले वीणा बजाउँदा देवताहरू पनि सुन्नकालागि धर्तीमा झर्ने बताइएको छ । अर्कोतर्फ रावण एउटा कुशल वैज्ञानिक पनि हो, शास्त्रमा पटकपटक उल्लेख हुने पुष्पक विमान रावणको आविष्कार हो । कुशल योद्धा अनि प्रशासकका रूपमा रामले पनि स्वयं रावणलाई अन्तिम घडीमा आफ्ना भाई लक्ष्मणलाई ज्ञान बाँढ्न आग्रह गरेका कुरा केही पुस्तक अनि किंवदन्तीमा प्रशस्त पाइन्छ ।

जैन धर्ममा २४ तीर्थाकारहरूको सूचीमा कृष्ण, महावीरलगायत रावण पनि पर्दछन् । जैन धर्मअनुसारको रामायणमा त रावणलाई सीताका पिताका रूपमा व्याख्या गरिएको छ । मर्यादा पुरुषोत्तम राम, सीतालगायत जनकपुरदेखि अयोध्या अनि बनवाससम्मको कथामा रावण एक जना खलनायकका रूपमा देखाइएका छन्, केही पृष्ठभूमि प्रस्तुत ग¥यौं रावणको ।
धनका राजा कुवेरका जेठा दाइ रावण ब्रह्माका १० वटा मनुपुत्रहरूमध्ये प्रजापति पुलत्स्यका नाति हुन् । अहिले पनि भारतका जोधपुरका देव मुडगल गोत्रका ब्राह्मणहरू आफूलाई रावणका सन्तती बताउँछन् । हरेक वर्षको नवरात्रिमा रावणको श्राद्ध गर्दछन् । रावणको अदालतमा सीतालाई हरेर ल्याइनु जायज थियो भने रामको अदालतमा सीतालाई अग्निपरीक्षामा पठाउनु पनि त जायज भयो । रामायणका कुनाकन्दरामा राम पनि मर्यादाको चपेटामा ढलपल भएको लाग्छ ।

रामको अदालत

सीताले आफ्नो नारीवाद अनि उपस्थितिलाई बलियो पार्दै अग्निपरीक्षापश्चात् रामसँग नबस्ने निर्णय लिँदा, धर्तीमा लीन भएपश्चात् पनि लव र कुश आफ्नै छोराहरू हुन् या रावणका भन्ने प्रश्न र दुविधा रामको मनमा उब्जनु पनि एउटा पितृ सत्तात्मक सोच त पक्कै हो ।
रामायणमा रावणको प्रवेशअघि पनि धनुषवाण तोड्ने प्रतिस्पर्धामा रामले जितेर विवाह गरेका सीता एउटा नारीका रूपमा स्वतन्त्र पाइन्न, अनि रामसँगको वनवासलगायत उतारचढावसँगै रावणको प्रवेश हुन्छ । रामले रावणलाई जिते पनि सीताको भने रामको अदालतमा हार भएकै हो, लंकाबाट ल्याइएकी सीतारानी पटकपटक प्रश्नको चौघेरामा ल्याइन्छिन्, अन्ततः धर्तीमा समाहित भएकी सीताको नारीत्व अनि त्याग हजारौं वर्षदेखि हामी गुनगान गाउँदै छौं ।

मनमा उब्जन्छ पनि यदि रामले नभई रावणले युद्ध जितेको भए के हुन्थ्यो ? सीतामा केन्द्रित हुन मन लाग्छ, सायद अग्निपरीक्षा हुँदैन थियो कि ? सायद रामायण लेखिन्न थियो कि ? फेरि मनमा अहिलेको समकालीन समाजको याद आउँछ, आखिर अहिले हाम्रो समाजमा रावणकै जित त भइरहेको छ । निर्मला हत्याकाण्डका रावणले जिते, निर्मलाको केस धर्तीमै बिलायो, रावणको जगजगी के नयाँ भयो र अहिले ?
सामान्य अर्थमा लोक अनि प्रजाहरूको अनेकन प्रश्नहरूपश्चात् आफ्नै पतिले पनि आफ्नो पत्नीव्रतामाथि प्रश्न उठाएर गरेको अग्निपरीक्षापश्चात् देहत्याग गरेकी सीताको जीवनमा एउटा नारीका रूपमा केवल त्याग, बलिदान अनि कष्ट मात्र छ ।
सनातन संस्कार अनि सभ्यतामा नारीहरूको ठूलो स्थान छ । अनि कहिलेकाँही त सीता रामायणमा रावण पनि रामभन्दा धेरै गुणा शक्तिशाली पाइन्छ । रावणले हरेर लिएर गएपछि पनि एक वर्षको लंकाको बसाइमा रावणका अनेकन त्रास, डर, भय अनि फकाइमा पनि सीता अडिग रहेको पाइन्छ । उनले रावणका हरेक शक्ति अनि सम्पत्तिलाई ठाडै चुनौती गरिदिन्छिन् । रामले वनवासमा सीतालाई नलैजान विभिन्न कारण अनि भय देखाए पनि अन्ततः सीता वनवास गएकी हुन् ।

अयोध्याकाण्डमा रामले सीतालाई गएर आफ्नो पिताको आज्ञाबमोजिम आफू वनवास गई भरतलाई राजा बनाउने भन्छन् । सीतालाई आफूसँग वनवास नजान रामको आज्ञा रहन्छ, लगभग १७ श्लोकहरू त रामले वनवासको दुःख र कष्ट अभिव्यक्त गर्न खर्च गरेका छन् । सीताको जवाफ यस्तो छ, ‘हे राम, तपाईंका यी कुराहरूले मैले वनवासको दुःखबारे थाहा पाएँ भन्दै सीतारानीले उल्टै रामलाई प्रश्न गर्छिन् । तपाईंका सुझावले मैलै आफूलाई साह्रै कमजोर र सानो भएको पाएँ, जुन म कदापि छैन । एउटी नारीका लागि न उनका बुबा, न पति न पुत्र या पुत्री कसैले पनि अबउप्रान्त निर्णय गरिदिने छैनन् । म आफ्नो निर्णय आफैं गर्दछु र तपाईंसँग वनवास जाँदै छु ।’ सीताका कतिपय दृढसंकल्प अनि आत्मसम्मान र स्वाभिमानका कुरा शास्त्रहरूबाट झिक्न हामीले सकेका छैनौं । ब्रिटिसहरूले जागिर दिएका जर्मन अनुवादक म्याक्स मुलरर्काको अर्थ र उल्टो अर्थ लाग्ने अनुवादको आधारमा सायद हामीले हाम्रा ग्रन्थबाट पक्कापक्की अर्थ निकाल्न छाड्यौं कि ?