बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

सागर र अनुष्कालाई दोहोरो स्वर्ण

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

 

काठमाडौं/रास– पाठशाला स्कुलका सागर नायक र अनुष्का पोखरेलले नवौ माछापुच्छ«े कप उमेर समूह पौडी च्याम्पियनसिपमा दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् । ५० मिटर फ्रि स्टायलतर्फ १७ बर्ष उमेर समूहमा नायकले ३२.३८ सेकेन्डमा र पोखरेलले ३४.७५ सेकेन्डमा दुरी पुरा गर्दै स्वण जितेका हुन् । पुरुष तर्फको दोश्रो स्थानमा एलएका रियाज महर्जन र तेश्रो स्थानमा नेपालगंजका रिजन बिष्ट रहे । यस्तै महिला तर्फ लेसिया डङ्गोलले रजत र नेपालगंजकी नम्रता कार्कीले कास्य पाईन् ।

यस्तै ५० मिटर ब्याकमा पनि सागरले स्वर्ण पाए । उनले ४४.१९ सेकेन्डमा दुरी पुरा गरे । एलएका रिवाज महर्जनले रजत र रमन तामाङले कास्य पाए । महिला तर्फ अनुष्काले ४१.३५ सेकेन्डमा स्वर्णमा पाईन् । दोश्रो स्थानमा अदिप्शा बैद्य र तेश्रौ स्थानमा नेपालगंजकी नम्रता कार्की रहिन् ।