आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

एन्फाको स्पष्टिकरणमा कुँवरको आपत्ति

राजधानी समाचारदाता
2 months ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले आफु निकट जिल्ला फुटबल संघका अध्यक्ष र पदाधिकारीलाई सोधिएको स्पष्टिकरणमा आपत्ति जनाएका छन् । एन्फा निर्वाचनमा भएको आर्थिक अनियमितता र भ्रष्टचारको बिषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी भएका विभिन्न जिल्ला फुटबल संघका प्रतिनिधिलाई एन्फाले कारवाही गर्ने तयारी स्वरुप स्पष्टिकरण सोधेका भन्दै पुर्व वरिष्ठ उपाध्यक्ष कुँवरले यस बिषयमा आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका हुन् ।

साफको उपाध्यक्ष समेत रहेका कुँवरले गत ८ असोजमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको भन्दै एएफसी र फिफामा उजुरी दिएको बताएका थिए । सोही पत्रकार सम्मेलनमा सहभागि भएका भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिसहित विभिन्न जिल्ला प्रतिनिधिलाई एन्फाले स्पष्टिकरण सोधेको थियो ।

उनले संघको गलत क्रियाकलापविरुद्ध बोल्दा निरंकुश शैलीमा हस्तक्षप गर्न खोजेको भन्दै आफ्नो अभियान बलियो ढंगले अघि बढाउने बताए । उनले निर्वाचनको अनियमितताको छानविन किनारा नलागेसम्म जिम्मेवारीबाट अलग भएर सहयोग गर्न अध्यक्ष कर्माछरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अन्तर्राष्ट्रिय संयोजक रहेका जर्मन नागरिक नविन पाण्डेलाई अनुरोध गरेका छन् ।

उनले संघमा आबद्ध सबै जिल्ला, क्लब तथा विभिन्न समितिका सदस्यहरुलाई यस्ता स्पष्टिकरणको नाटकबाट विलित नभई एक ढिक्का भएर फुटबल सफाई अभियानमा लाग्न आग्रह गरेका छन् ।

 

(Visited 1 times, 1 visits today)