बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

तीन विभागीय टोली सेमिफाइनलमा

नवीन शिशिर
2 weeks ago
12/10/2018

 

नवीन शिशिर/बाग्लुङ

तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र ५ नम्वर प्रदेश २२औं संस्करणको राष्ट्रि महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा बिहीबार भएका समुह चरणका अन्तिम खेलमा विभागीय टिम एपीएफ समुह ‘ए’ बाट र नेपाल पुलिस समुह ‘बी’बाट सतप्रतिशत जितसहित समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्दा आर्मी समुह ‘ए’ बाट र प्रदेश ५ समूह ‘बी’ बाट उपविजेताको रुपमा अन्तिमा चामा पुग्न सफल भएको हो । शुक्रबार फाइनल प्रवेशका लागि एपीएफले प्रदेश नम्बर ५ को सामना गर्नेछ । अर्काे सेमिफाइनलमा नेपाल पुलिस क्लबले आर्मीको सामना गर्ने छ ।

बिहिबार आर्मीले प्रदेश नम्बर ७ लाई ३–० को सोझो सेटमा जित निकाल्यो । आर्मीले प्रदेश ७ लाई २५–६, २५–११ र २५–८ को सेटमा पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा प्रदेश नम्बर ३ लाई नेपाल प्रहरीले ३–० कै सोझो सेटमा पराजित गरेको थियो । प्रहरीले प्रदेश ३ लाई २५–११, २५–७ र २५–१३ को सेटमा पराजित गरेको थियो । आर्मीले कर्णाली प्रदेशमाथि २५–६, २५–२ र २५–८ को सहज जित निकाल्यो ।

यस्तै गण्डकी प्रदेशले प्रदेश नम्बर ७ लाई २५–१६, २५–१५ र २५–१६ ले ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले प्रदेश २ लाई २५–९, २५–७ र २५–१० ले पराजित गर्दै समूहमा अपराजित रहन सफल भयो ।

यस्तै समुह चरणको अन्तिम खेलमा विभागीय टिम एपीएफले समुह विजेता बन्ने क्रममा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिला भलिबलमा देशकै नम्बर १ टिमको रुपमा दहरिएको एपीएफले गण्डकी प्रदेशलाई २५–२०, २५–१३ र २५–१६ ले पराजित गरेको थियो ।

नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको यो प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ वैकल्पिक गरी २४ खेलाडी छनोट गरिने बताइएको छ ।

प्रतियोगिताको विजेताले ५० रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने टोलीले २० हजार रुपैया प्राप् गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उद्घाटन गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गरेका थिए ।