बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

उपाधि जित्ने नेपालको लक्ष्य

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

नेपालले आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को समूह चरणको अन्तिम खेलमा शुक्रबार सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजेपछि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सूरु हुनेछ ।

उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपाल सिंगापुरलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ । दुबै टोलीले समान ५ खेलमा समान ५ मा जितसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् । सिंगापुरले पनि अघिल्लो चरण पक्का गर्दा भुटान र थाईल्यान्ड मध्य एक टोलीको टुंगो लाग्न बाँकी रहेको छ ।

नेपालले सिंगापुरसँग कुनैपनि फम्यार्टको क्रिकेटमा अहिले सम्म पराजय भोगेको छैन । टी–२० क्रिकेटमा नेपाल र सिंगापुरले अहिलेसम्म दुई पटक खेलेका छन् । जसमा दुवै खेलमा नेपाल विजयी हुन सफल भएको छ । सन् २०१३ मा कीर्तिपुर क्रिकेट मैदानमा भएको एसीसी कपमा सिंगापुरविरुद्ध बनाएको २ सय १० रन नै नेपालले टी–२० मा बनाएको उच्च रन हो । उक्त खेलमा नेपाल १ सय २१ रनले विजयी भएको थियो । नेपालले एसिया ‘बी’ छनोटमा सबै टोलीविरुद्ध फराकिलो जित निकालेको छ ।

एसिया छनोटको पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनोट भैसकेका छन् । क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउनेछन् । ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहनेछन् । यी १४ देश मध्ये शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्नेछन् ।