बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

मनाङलाई सिग्नेचरको साथ

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं ।

घरेलु फुटबलको सफल र चर्चित क्लबमध्येको एक मनाङ–मस्र्याङ्दी क्लबलाई प्रिमियम ह्विस्की ब्रान्ड सिग्नेचरले एक वर्षको लागि मुख्य प्रायोजन गरेको छ । मनाङ र सिग्नेचरबीच बिहीबार एक वर्षका लागि सम्झौता भएको हो ।

सम्झौतामा मनाङका अध्यक्ष मुखिया कान्छा गुरुङ र नेपाल लिक्वर्स प्रालिका कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधारले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रायोजन वापत सिग्नेचरले मनाङलाई २५ लाख उपलब्ध गराउनेछ । सम्झौतासँगै क्लबको नामको अघि सिग्नेचर थपिएको छ । क्लबले अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदा या खेल्दा सिग्नेचर अंकित जर्सीको प्रयोग गर्नुपर्नेछ । बिहिबार नै मनाङले प्रयोग गर्ने होम र अवे जर्सी सर्वजनिक गरिएको थियो । जर्सी टिमका कप्तान विरा महर्जन र क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङले गरे ।

सम्झौतासँगै क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङले सिग्नेचरको साथले टिमलाई झनै राम्रो खेल्न उत्साह मिलेको बताए । यस्तै नेपाल लिक्वर्स प्रालिका कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधारले यो सम्झौताले फुटबल खेलाडीले खेलको वास्तविक आवेगलाई आत्मसाथ गर्न र फुटबलको रोमाञ्चकता देख्न सकिने बताए ।

 

घरेलु लिगको सर्वाधिक ६ पटकको च्याम्पियन मनाङले यसअघि हुन्डाई कम्पनीको नामबाट लामो समय फुटबल खेलेको थियो । मनाङ सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता हो । मनाङले शुक्रबार ब्रिगेड ब्वाइज क्लबसँग खेल्दै लिगको उपाधि रक्षा अभियान थाल्नेछ ।