बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

खसीबोकाको मूल्य निर्धारण

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं ।

नेपाल खाद्य संस्थालने खसी बोकाको मूल्य निर्धारण गरेको छ । अघिल्लो वर्षको दसैंमा संस्थानले प्रतिकेजी खसीबोका ४६५ र च्यांग्रा ७८५ रुपैयाँमा बिक्री गरेको थियो । यो वर्षको दसैंमा भने खसीबोकाको मूल्य ५१० र च्यांग्राको मूल्य ७१० रुपैयाँ निर्धारण गरेको छ ।

संस्थानले यस वर्षको दसैंमा गत वर्षको तुलनामा खसीबोकाको प्रतिकेजी मूल्य ५ प्रतिशत बढाएको छ । यस वर्ष संस्थानलाई नै खरिद र ढुवानी भाडा महँगो परेको हुँदा गत वर्षभन्दा केही महँगो भएको नेपाल खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।  उनले भने, ‘गत वर्षभन्दा केही महँगो भएको छ तर सो मूल्यमा संस्थानले प्रतिकेजी १० रुपैयाँ छुट गरेको बताए । १० रुपैयाँ छुट गर्दा खसीबोका प्रतिकेजी ५ सय र च्यांग्राको ७ सय रुपैयाँ पर्ने जाने बताए । यस्तै खसीको मासु प्रतिकेजी १५० र च्यांग्राको मासु प्रतिकेजी १ हजार ५ सय पर्ने बताए ।

उनले शुक्रबारदेखि संस्थानले दसैंका  लागि ल्याएका खसीबोका बिक्री सुरु गर्ने जानकारी पनि दिए । संस्थाले यस वर्ष दसैंमा २ हजार खसीबोका राजधानीमा बिक्री वितरण गर्ने जनाएको छ । १ हजार च्यांग्रा र १ हजार खसीबोका बिक्री  वितरण गर्नेछ । संस्थानले दसैंमा बिक्री गर्ने ७ सय च्यांग्रा र खसीबोका मुस्ताङ र हेटौंडाबाट राजधनी ल्याएको सापकोटाले बताए ।  मुस्ताङबाट ५ सय च्यांग्रा र हेटौंडाबाट ३ सय खसीबोका ल्याएको उनले बताए । संस्थानसँग २ हजार खसीबोका राख्ने ठाउँ नभकाले पटकपटक गरी ल्याउने उनले बताए ।  गत वर्षको दसैंका लागि संस्थानले २५ सय खसीबोका राजधानी ल्याएको थियो ।

त्यस्तै, निजी क्षेत्रले दसैंका लागि बिक्री गर्ने खसीबोकामा प्रतिकेजी मूल्य ५५० र च्यांग्राको मूल्य ७५० रुपैयाँ निर्धारण गरेको चौपाया खरिद बिक्री व्यवसायी संघका अध्यक्ष भानुभक्त पराजुलीले जानकारी दिए । गत वर्ष निजी क्षेत्रका व्यवसायीले दसैंमा खसीबोका प्रतिकेजी ५ सय रुपैयाँ र च्यांग्रा ७ सय रुपैयाँमा बिक्री गरेको थियो ।

गत वर्षको तुलनामा निजी क्षेत्रका खसीबोका व्यवसायीले यस दसैंमा प्रतिकेजी खसीबोका र च्यांग्रामा प्रतिकेजी मूल्य ५० रुपैयाँ बढाएका छन् ।  यस वर्ष खसीबोकामा भन्सार ढुवानी भाडा बढेका कारण गत वर्षको भन्दा प्रतिकेजी ५० रुपैयाँ बढाएको अध्यक्ष पराजुलीले बताए ।

हरेक वर्षमा निजी क्षेत्र दसैंमा मात्र भारत र चीनबाट ४० देखि ४५ हजार खसीबोका आयात गर्दै आएका छन् । त्यस्तै, यस वर्षको दसंैका लागि मात्र करिब ६० करोड मूल्यबारबरको खसीबोका आयात हुने पराजुलीले बताए । नेपालको उत्पादनले मात्र नेपाली बजारको माग पूरा नहुने हुँदा बर्सेनि भारत र चीनबाट ५ देखि ६ अर्बका खसीबोका आयात गर्ने गरेको उनले बताए ।