आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

जात्रैजात्राको निर्माण सुरु

राजधानी समाचारदाता
2 months ago
12/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

चलचित्र जात्राको सफलतापश्चात निर्माण पक्षले यसको सिक्वेलको रूपमा अर्को चलचित्र जात्रैजात्रा निर्माणको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको घोषणासहित निर्माण थालेको छ ।

जात्रैजात्रालाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् । यो चलचित्रको छायांकन दसैंको पूर्णिमाको भोलिपल्टबाट हुने र आगामी १७ फागुनबाट देशव्यापी प्रदर्शनमा ल्याउने निर्देशक भट्टराईले घोषणा समारोहमा जानकारी गराए ।

प्रदीप आफैंले लेखेको यो फिल्मको कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । यसका निर्मातामा सिंगे लामा र यादव पौडेल छन् । यो चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन रहने पनि कार्यक्रममा जानकारी गराइयो ।

जात्रैजात्रामा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कवीन्द्र त्रिपाठीको अभिनय रहनेछ ।

घोषणा समारोहमा यसका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले भने, ‘हामीले जात्राभन्दा राम्रो कथा नपाएसम्म यसको सिक्वेल नबनाउने बताएका थियांै । जात्राभन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल बनाउन लागेका हौं ।’

निर्देशक प्रदीप भट्टराईले यो चलचित्रले पैसाको मात्र कथा नभनेर थप नयाँ कथा बन्ने बताए । जात्रा सकिएको दृश्यबाट नै जात्रैजात्राको कथा सुरु हुने पनि उनले बताए ।

यसका अभिनेता विपिन कार्कीले जात्रैजात्रामा पनि जोडिन पाउँदा उत्साहित छु भने । अभिनेत्री वर्षा राउतले यसपटक पनि चलचित्रमा विपिनकी श्रीमतीको भूमिकामा भएको जानकारी गराइन् ।

(Visited 1 times, 1 visits today)