सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

मझेरी साहित्य प्रतिष्ठानद्वारा श्रष्टा सम्मानित

राजधानी समाचारदाता
7 months ago
12/10/2018

 

राजधानी संवाददाता/चितवन।

हाम्रो मझेरी साहित्य प्रतिष्ठानको २०औं वर्ष प्रवेश अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई प्रतिष्ठानले सम्मान गरेको छ ।

कार्यक्रममा हरेक वर्ष प्रदान गरिँदै आएको हाम्रो मझेरी साहित्य सम्मान–२०७५ वरिष्ठ साहित्यकार श्रीभक्त अच्युत वाग्ले (भरतपुर), विराटनगरकी कवि राधिका गुरागार्इं, मोरङकी कवि तारा पराजुलीलाई प्रदान गरिएको थियो ।

त्यस्तै, बाँकेकी कथाकार सुमित्रा न्यौपाने, चितवनका साहित्यकार बालकृष्ण थपलिया, गान्तोक सिक्किमका कवि अर्जुन यावा, चितवनका गजलकार तथा सञ्चारकर्मी द्धारिका नेपाल, पोखराकी मुक्तककार गौरी तमु, मकवानपुरका समालोचक विर्खे अन्जान, मकवानपुरका गीतकार मञ्जु खराल मञ्जुश्रीलाई सम्मान प्रदान गरिएको थियो ।

सिन्धुलीका गजलकार खडानन्द तिमिल्सिना, खोटाङका गीतकार भगवती रोक्का भूमिका, चितवनका गजलकार लेखराम सापकोटालाई प्रदान गरिएको छ । यस्तै, चितवनकी पत्रकार चाँदनी हमाललाई ‘हाम्रो मझेरी युवा पत्रकारिता सम्मान–२०७५’ प्रदान गरिएको छ ।

त्यस्तै, यस वर्षको गजल रत्न पुरस्कार अछामका श्रष्टा पूर्णबहादुर साउद शिरिषलाई गजल कृति कागजका लागि प्रदान गरिएको छ । यस्तै, गजलश्री पुरस्कार–२०७५ काठमाडांैकी गजलकार शान्ति शर्मा (अम्लानको फुल ), मोतीराम गजल प्रतिभा पुरस्कार–२०७५ दैलेखका गजलकार राज विर्सजन ( माटो ) लाई प्रदान गरिएको थियो ।

सोही समारोहमा ओम कार्की साहित्य प्रष्ठिानबाट विराटनगरकी कथाकार मन्दिरा मधुश्री, म्याग्दीका साहित्यकार घायलश्री र चितवनका साहित्यकार गोर्खे साइँलोलाई ओम कार्की स्मृति सम्मान–२०७५ बाट सम्मानित गरिएको छ ।

साथै प्रतिष्ठानको २०औं वर्ष प्रवेशका अवसरमा साहित्यसेवी एवं डिजाइनर दीपेन्द्रकुमार जोशी (चितवन), संगीतकार दीपकराज विश्वकर्मा (चितवन) र दीपेन्द्र थिङ (चितवन)लाई संगीत एवं साहित्य अवार्ड प्रदान गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यक्रममा हाम्रो मझेरी साहित्यिक पत्रिकाको ५६औं अंकको विमोचन गरियो । गजलकार सीता अधिकारी तिमिल्सिनाको गजल कृति शृंगार, अम्बिका कार्की अमुको गजल कृति संकल्प १०१, सुरेशकुमार पाण्डेको गजल कृति अन्धकार चिर्ने दियो, वसन्तमोहन अधिकारीको गजल कृति रुपन, पुष्प अधिकारी अञ्जलीको गजल कृति बार्दली, कमल अर्यालको गजल कृति ‘लौरौ र संयुक्त गजल संग्रह हैसियत–४ को विमोचन समेत गरिएको थियो ।

 

(Visited 17 times, 1 visits today)
Loading comments...