सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

दुई सिक्किमे युवाको हाट बजार

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

 

काठमाडौं÷रास– सिक्किमका दुई युवा संगीतकर्मीहरू आशिष तामाङ तथा सुदर्शन सुनार, ‘आशिष सुदर्शन’ समूहले गीतसंग्रह ‘हाटबजार’ श्रोतामाझ ल्याएका छन् । काठमाडौंमा बिहीबार एक समारोहबीच अभिनेत्री नम्रता मोडलसहित दुई गायकले संग्रह विमोचन गरे । यो ब्यान्ड तीन वर्षअघि स्थापित भएको हो ।

 

संग्रहमा दुई गायकको स्वरका आठवटा गीत रहेका छन् । एल्बमका सबै गीत गायकद्वय आशिष र सुदर्शनले रचना गरेका हुन् भने उनीहरूले नै संगीत गरेका हुन् । सांगीतिक समूह ‘आशिष सुदर्शन’का दुई गायकले लोप हु“दै गएको हाटबजार शब्दलाई गीतमार्फत दर्शक तथा श्रोतामाझ प्रस्तुत गरेका हुन् ।

समारोहमा एल्बममा समावेश ‘चाउरी पर्ला…’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । भिडियोमा नम्रता सापकोटा तथा श्रीजल रुपाखेतीले अभिनय गरेका छन् ।

संग्रहमा रहेको चाउरी पर्ला… गीतको म्युजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटाले मोडलिङ गरेकी छन् । उनले सिक्किमका युवा गायकको नेपाली गीतसंगीतप्रतिको लगाव देखेर काम गरेको बताइन् ।