सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

मोसन पोस्टरमा आयो रणवीर

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

 

राजधानी समाचारदाता/काठमाडौं।

आगामी १८ माघबाट देशव्यापी रिलिजको घोषणासहित चलचित्र ‘रणवीर’ फस्ट लुक्स रिलिज गरिएको छ । फस्ट लुक्सका रूपमा चलचित्रको ‘मोसन पोस्टर’ रिलिज गरिएको छ ।

फस्ट लुक्सका रूपमा आएको मोसन पोस्टर करिब १ मिनटको छ । जसमा सुशील सिटौला र प्रशान्त ताम्राकारबीचको भीएफएक्समार्फत द्वन्द्व देखाइएको छ । मोसन पोस्टरसँगै चलचित्रको टिजर सिनेमा हलबाट रिलिज गरिएको छ । छक्का पञ्जा–३ सँगै टिज रिलिज गरिएको निर्माण पक्षले जनाएको छ ।

सुशील र प्रशान्तसँगै यो चलचित्रमा शुभेच्छा खड्का, सुपुष्प भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रवि गिरी, जगदीश रिजालसहितको अभिनय छ ।

यो चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथावस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् ।

चलचित्र रणवीरको निर्माण दीपेन्द्र रेग्मी र गोमा विष्टले गरेका हुन् । चलचित्र रणवीर करिब २ करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी गराए । चलचित्रको दुईओटा गीतबाहेक बाँकी सबै छायांकन सम्पन्न भएको छ । बाँकी रहेका दुई गीत दसैंपछि बैंककमा छायांकन गरिने पनि उनले बताए ।