बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

५९ कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

सोलुखुम्बु÷रास– जिल्ला कारागार शाखा सल्लेरी सोलुखुम्बुका ५९ कैदीबन्दीहरुको निःशुल्क आँखा परीक्षणा गरिएको छ भने १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ ।

विश्व दृष्टि दिवसको अवसरमा ती कैदीबन्दीहरुको आँखा परीक्षणपछि चस्मा वितरण गरिएको सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ । “आँखा सेवा सबैका लागि” भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस मनाउने क्रममा जिल्ला कारागार शाखा सल्लेरीका कैदीवन्दीको निःशुल्क आँखा परिक्षण गरिएको थियो । आँखा परीक्षणको क्रममा कैदीबन्दीहरुमा आँखा पाक्ने, चिलाउने, आँसु बग्ने, चिप्रा आउने जस्ता समस्याहरु देखिएको सामुदायिक आँखा केन्द्र फाप्लुका आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले बताए ।

दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ लगायत १५ जिल्लाका सामुदायिक आँखा केन्द्रमा ६ वर्षभन्दा कम उमेरका तथा ६० वर्षदेखि माथिका बिरामीको निःशुल्क दर्ता तथा उपचारसम्बन्धी जनचेतना फैलाउने लगायतका कार्यक्रम रहेको छ ।