बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

रिसईबीका कारण हत्या

राजधानी समाचारदाता
2 weeks ago
12/10/2018

 

 

राजधानी संवाददाता/राजविराज।

पुरानो रिसइवीलाई लिएर यहाँ एक युवाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

बुधवार साँझ एक समूहले धारिलो हतियार प्रहार गर्दा राजविराज–१ डुमरी शिवथान निवासी २१ वर्षीय प्रेम यादवको ज्यान गएको हो ।

प्रहरीका अनुसार स्थानीय तेतरीगाछी चौक नजिकै साँझ ७ बजेतिर एउटा समूहको धारिलो हतियार प्रहारबाट गम्भीर घाईते भएका यादवलाई तत्कालै उपचाका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गराइएको थियो । उपचारकै क्रममा बिहीबार बिहान यादवको मृत्यु भएको सप्तरीका प्रहरी नायब  उपरीक्षक भावेश रिमालले बताए ।

मृतकका पिता भन्नालाल यादव तत्कालीन नेकपा माओवादी केन्द्रका राजविराज नगर कमिटिका संयोजक थिए । प्रनाउ रिमालका अनुसार घटनापछि आक्रमणकारीहरु फरार भएका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा पुरानो रिसइवी साँध्न यादवको हत्या गरिएको खुल्न आएको उनले बताए । उनले हत्यामा संलग्न भएकाहरुको पहिचान भइसकेको र चाँडै पक्राउ पर्ने दावी पनि गरे ।

उपचारको क्रममा यादवको मृत्यु भएको खबरसँगै भन्नालालको परिवारमा रुवावासी चलेको छ । चारैतिर दर्शैको उल्लास छाएको बेला यादवको हत्याको खबरले यादव परिवारका साथै पुरै टोल शोकाकुल बनेका छन् ।