आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

गाउँपालिकालाई जग्गा दान

राजधानी समाचारदाता
2 months ago
12/10/2018

 

राजधानी संवाददाता/पाल्पा।

तिनाउ गाउँपालिका दोभानका स्थानीयले गाउँपालिकाको केन्द्र जग्गा नभएर अन्यत्र जाने भएपछि निःशुल्क जग्गा दिएर केन्द्र अहिलेको स्थानमा राख्ने भएका छन् ।

गाउँपालिका कार्यालय  भवन निर्माणमा दोभानका ७ जनाले संयुक्तरुपमा १ करोड २० लाख मूल्य पर्ने निःशुल्क प्रदान गरेका हुन् । केही गाउँपालिकाहरुमा केन्द्रको विवाद देखिएका बेला तिनाउ गाउँपालिकाले जग्गा पाएपछि केन्द्रको टुङ्गो लागेको हो । दोभानका कमला थापा, लाल बहादुर थापा, जया थापा, नारायण बस्याल र कृष्ण बस्यालले एक÷एक रोपनीका दरले र दिपा थापा र शेरबहादुर थापाले आधा÷आधा रोपनी गरी ६ रोपनी जग्गा गाउँपालिकालाई निःशुल्करुपमा प्रदान गरेका हुन ।

एक करोड बढी मूल्यको जग्गा दिनेहरुलाई गाउँपालिकाले सम्मान गरेको छ । अध्यक्ष ओमबहादुर घर्तीमगरले प्रमाणपत्र र दोसल्लाबाट उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिकाको भवन निर्माणलाई प्रदेश सरकारबाट ६० लाख रुपैयाँ बजेट विनियोजन भएकोले आवाससहितको बहुउद्देश्यीय भवन निर्माणको काम अगाडि बढाउने तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

जग्गा नपाउदा केन्द्र अन्य ठाउँमा जाने भएपछि सबैलाई पायक पर्ने स्थानीयहरुको सरसल्लाहबाट निःशुल्करुपमा जग्गा प्राप्त भएको हो । निःशुल्क जग्गा नपाएका गाउँपालिकाहरुले जग्गा खरिद गरेर भएपनि भवन निर्माण गर्न कस्सिएका छन् ।

(Visited 1 times, 1 visits today)