आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

बिरालो र नेपोलियन बोनापार्ट

रोचक प्रसंग
2 months ago
12/10/2018

बिरालो र नेपोलियन बोनापार्ट

नेपोलियन बोनापार्ट एक सैन्य कला निपुण रणनीतिकार थिए । उनलाई कुशल शासक तथा प्रशासकका रूपमा पनि लिइन्छ । उनलाई जन्मका हिसाबले कोर्सिकन भनिने गरिए पनि उनले फ्रान्सेली साम्राज्यको निकै विस्तार गरे । तर सुरुमा भने कोर्सिकन स्वाभिमान र स्वतन्त्रताका लागि लडाइँ सुरु गरेका थिए ।

कोर्सिकनहरूको प्रतिरोध संघर्षको हार र पतनसँगै फ्रान्समा ठूलाठूला विजयी लडाइँहरूको रणनीति र व्यवस्थापनको मुख्य सोच वा दिमागका रूपमा रहेका नेपोलियनले सन् १७८५ मा पेरिसमा राजाका २० हजार बफादार सेनाहरूलाई पराजित गरेका थिए । गणतन्त्रवादी लडाकुका रूपमा स्थापित नेपोलियनले १७९९ मा आफूलाई फ्रान्सका एक अब्बल नेता तथा जनप्रिय सेना प्रमुखका रूपमा उभ्याउन सफल भए । नेपोलियन कोडका रूपमा अघि सारिएका सुधारका कार्यक्रमले पुरानो सामन्तवादी राजनीति, सैन्य, सामाजिक तथा सांस्कृतिक संरचनामा निकै नै सुधार ल्यायो । उनी हाइहाई नै भए । उनले आफ्नो पौरख र आफ्नो गौरवका नाराअन्तर्गत देशको निकै सुधार गरे पनि ।

 

तर आश्चर्य वा विडम्बनाको कुरा के भयो भने राजाका विरुद्धमा लडेका नेपोलियन स्वयंले आफूलाई सम्राट घोषणा गरे । राजगद्दी आरोहण नै गरेर उनले सन् १८१५ को जुन २२ मा आफूलाई सम्राट घोषणा गरेका थिए । उनीबारेका १० कुराहरू यस्ता छन् ।

१. उपन्यास लेखन
नेपोलियन बोनापार्टले ‘क्लिसन एट युजिन’ नामको एउटा रोमान्टिक उपन्यास पनि लेखेका छन् । यो उपन्यास १७ पृष्ठको रहेको छ । निकै छोटो यो उपन्यास धेरैले रुचिका साथ पढ्ने गरेका छन् । यसका साथै उनले थुप्रै लभ लेटरहरू पनि लेखेका छन् ।
२. श्रीमतीको टाउको काटियो
उनको पहिली श्रीमती उच्च घरानियाँ महिला थिइन् । बोनापार्टसँग उनको यो दोस्रो विवाह थियो । पहिलेको श्रीमान्पट्टि उनका तीन सन्तान थिए । आतंकको साम्राज्य छाएको बेला उनको टाउको गिँडिएको थियो ।
३. भेष बदलेर सडकमा
नेपोलियन आफंैले सूचनाहरू संकलन गर्न र परिस्थिति बुझ्न आफ्नो भेष बदलेर सडकमा हिँड्ने गर्थे । उनी सम्राट भएका बेलामा पनि तल्लो वर्गका मानिसहरूजस्तो बनेर भेष बदली सडकमा हिँड्ने गर्थे । उनी र उनको शासनलाई मानिसले कसरी लिइरहेका छन् भन्ने उनको आन्तरिक जिज्ञासा हुने गथ्र्यो ।
४. गीत गाउनै नसक्ने
गीत गाउनका लागि चाहिने सुरिलो स्वर उनको थिएन । उनको स्वर गीत गाउनलायक थिएन । उनलाई हितैषीहरूले गीत नगाउन सुझाव पनि दिएका थिए । उनी गीत गाउन पनि जोड गर्दैनथे ।
५. बिरालो देख्नै नहुने
उनी बिरालो वा बिरालो प्रजातिका जनावरसँग निकै नै डराउने गर्थे । भनिन्छ, उनलाई सानो छँदा जंगली बिरालोले मरणासन्न हुने गरी आक्रमण गरेको थियो । भनिन्छ, साम्राज्य विस्तारको पछिल्लो चरणमा वाटरलुको लडाइँमा उनलाई बिरालो प्रयोग गरेर समातिएको थियो र सेन्ट हेलेना नामक टापुमा कैद गरिएको थियो ।

 


६. ‘रोसेटा स्टोन’ को संरक्षण
हालको ब्रिटिस म्युजियममा रहेको ‘रोसेटा स्टोन’ नेपोलियनले पत्ता लगाएका थिए । यसमा तीन भिन्न भाषाका लिपिहरू लेखिएका छन् ः हाइरो ग्लिफिक इजिप्सियन, डेमोटिक इजिप्सियन र आन्सियन्ट ग्रिक । यो शिलालेख १७९९ मा इजिप्टमाथि धावा बोल्दा उनका सेनाहरूले भेटेका थिए ।
७. उनले घाँटीमा विष बाँध्थे
नेपोलियनले आफ्नो घाँटीको वरिपरि विष बाँधेर राखिरहन्थे । यसको एउटै मात्र कारण यो थियो कि उनी कसैद्वारा गिरफ्तार गरिइनुअघि नै त्यो विष खाएर अरूको हातमा पर्नबाट जोगिन चाहन्थे ।
८. सेन्ट हेलेनाबाट भगाउन सामुद्रिक योजना
वाटरलुको लडाइँपछि उनलाई कैद गरिएको सेन्ट हेलेनाको टापुबाट छुटाउन थरिथरिका योजनाहरू बनाइए । सेन्ट हेलेना आन्ध्र महासागरको बीचमा रहेको एउटा सुन्दर तर सानो टापु हो । त्यहाँबाट भागे पनि समुद्रको ठूलो भाग पार गर्नु निकै गाह्रो थियो । उनलाई भगाउन समुद्री जहाजहरू पनि तयार पारिएका थिए ।
९. निकै पुड्का भने थिएनन्
नेपोलियनलाई निकै होचो भएको र कुप्रे पनि भनिन्थ्यो । उनी सरदर अरू मानिसभन्दा होचा त थिए । तर कुप्रो र पुड्के भने थिएनन् । उनलाई गाली गर्न र होच्याउनका लागि यस्तो चाल गरिएको थियो । उनी उचाइमा ५ फिट दुई इन्च अग्ला थिए ।
१०. रहस्यमय मृत्यु
नेपोलियन मर्न त ५१ वर्षको उमेरमा मरे । तर उनी बिरामी परेर मरे वा मारिए भन्नेमा कुनै पनि प्रमाण छैन । उनलाई कैद गर्दा उनले घाँटीमा राख्ने गरेका विषादी पनि थिएनन् । भन्न त उनलाई पेटको क्यान्सर भएको थियो पनि भनिन्छ । उनको मृत्युपछिका प्रमाणहरू पनि सार्वजनिक गरिएका छैनन् ।

(Visited 1 times, 1 visits today)