बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

मोटरसाईकल जोगाउँदा बस पल्टियो : घाईते

केशवराज पौडेल
2 weeks ago
12/10/2018

काभ्रेपलाञ्चोक । ‘हामी मरिन गाँउपालिकावाट काठमाण्डौं जान गाडी चढेका थियौं,रिठ्ठे भिरमा आएपछि गाडी पल्टियो’शुक्रवार सिन्धुलीको घटनामा घाईते भएका ३० बर्षका आशिष लामाले भने । बसमा हामी सात जनामात्रै थियौ, सिन्धुलीको सुनकोशी गाँउपालिकाको रिठ्ठे भिरमा काठमाण्डौंवाट सिन्धुलीजाँदै गरेको मोटरसाईकल एक्कासी तिव्र गतीमा आएर बसलाई ठक्कर दिन खोजेपछि मोटरसाईकल जोगाउन खोज्दा बस पल्टिएको लामाले बताए ।

दशैंको किनमेल गर्न काठमाण्डौं जादै गरेका पाँच जना यात्रु र बसमा चालक तथा सहचालक मात्रै रहेको लामाले बताए । ‘मोटरसाईकल जोगाउन खोज्दा बस पल्टियो, म बेहोस भएछु’ टाउकोमा गम्भिर चोट लागेका लामाले भने ।

‘चालकले मोटरसाईकल जोगाउन प्रयास गरेको थाहा छ, बस पल्टिएर आवाज आएको बाहेक थप केही थाहा छैन’ दुर्घटनामा घाईते बनेर धुलिखेल अस्पतालमा उपचार गराईरहेका लामाले भने ।

दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–८ का २८ वर्षका रवि खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो । त्यस्तै बस चालक सिन्धुली मरिण गाउँपालिका–७ का २८ वर्षका राजकुमार लामा र सोही ठाउँमा २३ वर्षका अमित लामाको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि घाईते भएका मरिण गाँउपालिकाका ३० बर्षिया आशिष लामा, सिन्धुपाल्चोक बलेफी गाँउपालिका रोहन पराजुली, गोरखा आरुघाटका हरि दाहाल र रामेछाप खाँडादेवीका दिर्घराज मोक्तानको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।