आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

किसानको नाममा आएको बोका अध्यक्षले लगे

राजधानी संवाददाता
2 months ago
12/10/2018

दाङ । तुलसीपुर उपमहागनरपालिका –९ का वडाध्यक्ष घनश्याम ढकालले किसानको नाममा आएको बोयर बोका आफै लगेको खुलासा भएको छ । ढकालले बोयर बोका आफनै श्रीमती बालिका ढकालको नाममा लगेको तुलसीपुर उपमहागनरपालिका अन्तर्गत रहेको पशुसेवा कार्यालयको अभिलेखमा उल्लेख छ । वडा नं. ९ का वडाध्यक्ष ढकालले रोजीविनी बोयर बोका लगेको स्रोतले बताएको छ ।

अन्य किसानले भने चिठ्ठा मार्फत लगेका थिए । पशु सेवा कार्यालयका अनुसार अन्य वडामा किसानलाई दिइएको छ । १९ वटा वडा मध्ये बोयर बोका लग्ने एक मात्र वडा अध्यक्ष हुन् ।

‘म नौ नम्बर वडाको अध्यक्ष हुँ मैले पनि गाईबाख्रा पाल्छु मलाई पनि दिनुस भन्दै आउनुभयो ,’ कार्यालय प्रमुख सुदाम भट्टले भने, ‘अध्यक्ष आई सके पछि नाई भन्न सकिएन । ’ अध्यक्ष ढकाल बोयर बोका ल्याउन पटक पटक पशुसेवा कार्यालयमा गएका थिए ।

यता वडाध्यक्ष ढकालले सुरुमा आफुलाई थाहा नभएको बताए पनि पछि श्रीमतीले लगेको स्वीकार गरेका थिए । पशुसेवा कार्यालयले अनुदानमा दिएको सानो भएको अध्यक्ष ढकालले बताए । ‘बोका घरमा आउने बेला म दाङमा थिइन,’ अध्यक्ष ढकालले भने,‘ आउँदा घरमा बोका देखेपछि कहाँबाट ल्याएको हो भन्दा भेट्नरीबाट ल्याँए भनेर भन्थी श्रीमतिले ।’

प्रजनन व्यवस्थापनका लागि उन्नतजातको नश्लसुधार कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७४÷७५ को बजेटबाट अध्यक्ष ढकाल सहित १९ जना किसानले बोयर बोका लगेका छन् । अध्यक्ष ढकालले बोयर बोका लगेको खुशीयालीमा वडा कार्यालयमा मिठाई समेत बाँडेका थिए ।

(Visited 4 times, 1 visits today)