शुक्रवार १० फाल्गुण, २०७५ (Friday, 22nd February 2019)
१० फाल्गुण, २०७५ (22 February 2019)

छिमेकीद्वारा १४ वर्षीया बालिका बलात्कृत

राजधानी संवाददाता
4 months ago
12/10/2018

राजविराज । ७१ वर्षीया वृद्धा र १४ वर्षीया बलात्कार भएको एक साता नवित्दै विहीबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका २ पातोमा फेरी बलात्कारको घटना भएको छ । यहाँ एक १४ वर्षीया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी हुन् ।

प्रहरीका अनुसार घरमा एकलै रहेकी बालिकालाई केही काम छ भन्दै फकाएर कोठामा लगेर छिमेकी १७ वर्षीय युवाले बलात्कर गरेको थिए । बालिबा बलात्कार गर्ने ती युवालाई शुक्रबार विहान पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

बालालिकालाई जवरजस्ती गरेको सूचना आएपछि पुगेको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । बालिकाको शुक्रबार स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरीएको ।

यसअघि असोज २१ गते सोही नगरपालिकाको वडा नं. ५ मा १८ वर्षीय युवकले छिमेकी १४ वर्षीया बालिकाको बलात्कार गरेको थियो। सोही राति अर्काे घटनामा खडक नगरपालिका ८ मा ७१ वर्षीया वृद्धालाई स्थानीय ४० वर्षीय एक व्यक्तिले जवरजस्ती करणी गरेका थिए।

चालू आवको तीन महिनामा जिल्लामा बलात्कारका ११ र करणी प्रयासका ५ वटा घटना भएका छन्। तीन मध्ये अधिकांश घटनामा छिमेकी र आफ्न्तको संलग्नता पाईएको छ ।

प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार विगतमा त्यस्ता अधिकांश घटना गाउँमै मिलाउने गरीन्थ्यो। अपराधिहरु बच्दै आएका थिए। अहिले पीडित प्रहरीमा आउने क्रम बढेको छ।

बढदो बलात्कारका घटनालाई मध्यनजर गर्दे जिल्ला प्रहरी कार्यालयले जनचेतना अभियान पनि चलाएको छ तर सामाजिक विकृतिका रुपमा रहेका यस्ता समास्या प्रति जनस्तरबाटै चासो व्यक्त नभएसम्म यस्ता चुनौतीको सामना गर्न ग्राहो हुने प्रहरी उपरीक्षक विष्टको भनाई छ ।

(Visited 10 times, 1 visits today)
Loading comments...