आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

राजधानी समाचारदाता
2 months ago
12/10/2018

काठमाडौं । नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औं स्थानमा परेको हो । ४६ राष्ट्रलाई समावेश गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले ११७ अंक पाएको छ ।

नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० मान्यता रहेको छ । नेपालले पछिल्लो पटक गत मंसिरमा थाइल्याण्डमा भएको विश्व टी–२० एशिया छनोट खेलेको थियो ।

बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियाले २८० अङ्क पाएको छ । यस्तै न्युजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र भारत पाँचाैं, दक्षिण अफ्रिका छैटाैं, पाकिस्तान सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ र आयरल्याण्ड १० औँ स्थानमा छन् ।

(Visited 3 times, 1 visits today)