आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

चिनियाँ वैज्ञानिकको सफलता, दुई पोथी मुसाबाट स्वस्थ बच्चा

बेइजिङ
2 months ago
12/10/2018

बेइजिङ । चीनका वैज्ञानिकहरूले दुईवटा पोथी मुसाबाट आनुवांशिक पद्धति प्रयोग गरि स्वस्थ बच्चा मुसा जन्माउन गर्न सफल भएको बताएका छन् ।

चीनको विज्ञान प्रज्ञा प्रतिष्ठानले ती बच्चा मुसाका दुई आमा रहेको र बाबु नभएको बताएको छ । ती अनुसन्धानकर्ताहरूले एक मुसाको डिम्ब तथा अर्को पोथी मुसाकै विशेष स्टेम कोष प्रयोग गरेका थिए ।

त्यसपछि उनीहरूले अनुवंश सम्पादनको विशेष प्रविधि प्रयोग गरेका थिए । वैज्ञानिकहरूका अनुसार त्यसरी जन्मिएका बच्चा मुसा स्वस्थ थिए र पछि गएर तिनीहरूले पनि आफ्नै बच्चा जन्माए ।

तर दुई भाले मुसाबाट त्यस्तै प्रविधि प्रयोग गरेर बच्चा जन्माउने कोसिस भने विफल भएको छ ।

खासगरि मानव सहित स्तनधारी प्राणीहरूमा बच्चाको जन्म हुन आमापट्टिबाट डिम्ब तथा बाबुपट्टिबाट शुक्रकीटको आवश्यकता पर्छ । तर बाँकी अन्य प्राणीहरूमा यो नियम लागु हुँदैन ।

कतिपय माछा तथा घस्रने जीवहरूमा एकै बाट पनि प्रजनन हुने गर्छ ।

कतिपय विज्ञहरूले यो सफलताले भविष्यमा मानिसहरूमा पनि काम गर्न सक्ने देखाएको बताएका छन् ।

(Visited 3 times, 1 visits today)