मंगलवार ४ मंसिर, २०७५ (Tuesday, 20th November 2018)
४ मंसिर, २०७५ (20 November 2018)

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा पिताको हातबाट टीका ग्रहण

1 month ago
19/10/2018

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले विजयादशमीको उपलक्ष्यमा टीका ग्रहण गरेका छन् ।

डा.भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन् ।

बिहान ९ बजेर ५१ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले विजयादशमीले सबैमा सुख शान्ति र समृद्धि प्राप्त होस् भन्ने कामना गरेका छन् ।