सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

दशैँ उत्सव मनाइरहँदा भयानक दुर्घटना, कम्तिमा ६२ को मृत्यु

एजेन्सी
1 month ago
20/10/2018

काठमाडौं, ३ कात्तिक । भारतको पञ्जाबस्थित अमृतसरमा भएको दशैं मेलामा भागदौड हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । दशौं हजार सहभागी सो दशैँ मेलामा १५० भन्दा बढी घाइते भएका छन् ।

सहरसँग जोडिएको रेल्वे गेटसँगै रावणको पुतला दहन कार्यक्रम चलिरहँदा सो दुर्घटना भएको हो ।

अमृतसर रेल्वे स्टेशनबाट करिब चार किलोमिटर दुरीमा रहेको ढोकासँगै दशैँ मेला आयोजना गरिएको थियो ।
दुर्घटनाबारे छानवीन गर्न पञ्चाब सरकारले एक जाँचबुझ आयोग गठनको आदेश दिएको छ ।