सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

पुस्तक प्रकाशन गर्दा अर्थशास्त्री गिरफ्तार

4 weeks ago
22/10/2018

कायरो । इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक संकटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै गिरफ्तार गरेको छ ।

फारुकले गत साता आफ्नो पुस्तक ‘के इजिप्ट साँच्चिकै गरिब मुलुक हो ?’ का कैंयौं प्रति सुरक्षाकर्मीले जफत गरेको बताएका थिए ।

‘उहाँलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उहाँलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गराइनेछ,’ मानव अधिकार सूचनाका लागि अरब सञ्जालको नेतृत्व समेत गरिरहेका कानुन व्यवसायी गमाल इदले बताए ।

उनले भने, ‘फारुक विरुद्धको मुख्य आरोपका बारेमा सरकारी अभियोजनकर्ताले निर्णय गर्नेछन् ।’ प्रहरीले पनि पुस्तककै कारण गिरफ्तार गरिएको मौखिक जानकारी गराएको बताइएको छ ।

इजिप्टको राष्ट्रपतिका रुपमा सन् २०१४ मा अब्देल फतेह अल–सीसी सत्तामा आएपछि मानव अधिकार समूहहरुले सबैजसो विपक्षीहरुलाई इजिप्ट सरकारले दबाएको आरोप लगाउँदै आएका छन् ।

सरकारी अधिकारीहरुले आफ्नो मुख्य लक्ष्य आतंकवादसँग लड्नु र गलत सूचना फैल्याउने कार्य रोक्नु रहेको बताएका छन् ।