सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

चीनद्वारा समुद्रमा सबैभन्दा लामो पुल निर्माण, साढे तीन घन्टाको यात्रा १ घन्टामै

4 weeks ago
22/10/2018

बेइजिङ/एजेन्सी– चीनले समुद्रमा संसारकै सबैभन्दा लामो पुल निर्माण गरेको छ । चीन हालै निर्माण भएको ५५ किलोमिटर लामो पुल उद्घाटनको तयारीमा लागेको छ ।

हङकङ–झुहाई एन्ड मकाउ पुल बुधबार आम जनताका लागि खुला गरिनेछ । यो नदी या समुद्रमा निर्माण भएको संसारको छैठौं लामो पुल हुनेछ ।

यो नयाँ सी ब्रिजले साउथ चाइना सीमा रहेको पर्ल लिभर डेल्टाको पूर्वी र पश्चिमी क्षेत्रलाई जोड्नेछ । झुहाई चीनको मुख्य भूमिमा बसेको सहर हो । यो सहर क्षेत्र हङकङ र मकाउ दुवै विशेष प्रशासनिक क्षेत्रमा जोडिन्छ ।

यो पुलमा डबल थ्री लेन रहेको छ । जो समुद्रमाथि २२.९ किलोमिटर छ भने ६.७ किलोमिटर समुद्र मुनी सुरुङमा रहेको छ । जसको गहिराई ४४ मिटर सम्म रहेको छ ।

पुलको बाँकी भाग जमिनमा बनेको छ । सुरुङको दुवैतर्फ कृतिम टापु रहेका छन् । यी टापुहरु १० लाख वर्गफुटभन्दा बढी क्षेत्रमा बनेका छन् ।
यो पर्ल रिभर एश्चुअरीको कम गहिरो क्षेत्रमा बनेको छ, ताकि पुन र सुरुङको इलाकाबीचमा ट्रान्जिट प्राप्त होस् ।

समुद्रको मुनी बनेको सुरुङ ३३ ब्लकमा तयार भएको छ । जसमा ३८ मिटर चौडाई र ११.४ मिटर उचाई तथा ८० हजार टन भारबहन क्षमताको रहेको छ ।

यो पुलमा ४ लाख टन स्टिल लगाइएको छ । जसले ८ रेक्टरस्केलको भूकम्पलाई पनि सजिलै धान्न सक्छ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुहाईसम्म जान ४ घन्टा समय लाग्छ ।

जुन अब घटेर ४५ मिनेट हुनेछ । क्वाई चुङ्ग कन्टेनर पोर्ट ( हङकङ) र झुहाईबीच आउने जाने समय अब साढे ३ घन्टा घटेर १ घन्टा १५ मिनेट हुनेछ ।

यद्यपि यो पुलको धेरैले आलोचना गरेका छन् । आलोचकले यो पुलका माध्यमबाट चीनले हङकङ र मकाउमाथि आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिन खोजेको आरोप लगाएका छन् ।

हङकङ र मकाउ दुवै विगतमा युरोपेली राष्ट्रको उपनिवेशका रुपमा रहेर सन् १९९० को दशमा चीनको नियन्त्रणमा आएका थिए । यी दुवै एक राष्ट्र दुई व्यवस्थाको सिद्धान्तबाट चलेका छन् ।

यो पुलले तीनवटा सहरबीचको दुरी एक घन्टामा झार्नुका साथै आर्थिक विकासमा बल मिल्नेछ । यो परियोजनाको परिकल्पना सन् २००३ मा आएर डिसेम्बर २००९ मा निर्माण सुरु भएको थियो ।

यो पूरा हुन १२० अरब युआन अर्थात करिब १७.३ अरब डलर खर्च भएको छ । यसको रकम हङकङ, मकाउ र झुहाई मिलेर उठाइरहेका छन् ।