सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

यस्तो छ भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको नयाँ गेटअप

राजधानी समाचारदाता
4 weeks ago
22/10/2018

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी यति बेला नयाँ गेटअपका कारण चर्चामा छन् ।

उनी गेटअप परिवर्तन गर्ने मामिलामा अगाडि छन् । तर यसपटक उनले परिवर्तन गरेको गेटअपले सोसल मिडिया छाएको छ । धेरैले उनको नयाँ लुक मन पराएको प्रतिक्रिया पनि दिएका छन् ।

धोनीले आफ्नो नयाँ गेटअपले सबैलाई छक्क पारेका छन् । नयाँ गेटअपमा उनले फ्रेन्च कट दाह्री राखेका छन् । जुन उनलाई सुहाएको छ । उसो त यी स्टार खेलाडी गेटअप परिवर्तन गरिरहन्छन् ।

तर प्रायः जसो हेयरस्टाइल परिवर्तन गर्ने धोनीले यसपटक दाह्रीको स्टाइल परिवर्तन गरेका कारण पनि धेरैका लागि नयाँ लागेको हुनुपर्छ । जसले उनलाई शोसन मिडियामा बहसको विषय बनाएको छ । कतिले त यसको नक्कलसमेत गर्न थालिसकेका छन् ।