सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

सिम्रिकले ल्यायो अत्याधुनिक हेलिकोप्टर

राजधानी समाचारदाता
4 weeks ago
24/10/2018

 

काठमाडौं । निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले अत्याधुनिक हेलिकोप्टर भिœयाएको छ । ९–एनएकेडी कलसाइन रहेको एएस३५०बीथ्रीई (एच १२५) हेलिकोप्टर गत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।


अत्याधुनिक प्रविधि जडित यस हेलिकोप्टर नेपाली हेलिकोप्टर उद्योगमा कोसेढुंगा साबित हुने अपेक्षा कम्पनीले लिएको छ । विशेषगरी, खोज तथा उद्धार, दृश्यावलोकन, पर्यटकीय गतिविधि एवं कार्गोलगायतमा प्रयोग गर्ने उद्देश्यले हेलिकोप्टर ल्याइएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सिम्रिकले १७ वर्षे सेवा अवधिमा फ्रान्सेली हेलिकोप्टर निर्माता कम्पनी एयरबससँग दुईवटा अत्याधुनिक हेलिकोप्टर खरिद गरेको थियो । अर्को हेलिकोप्टर आगामी फेब्रुअरीसम्ममा नेपाल आइपुग्ने सो विज्ञप्तिमा उल्लेख छ । साढे ४ घण्टासम्म लगातार, २३ हजार फिट उचाइसम्म र माइनस ४ हजारदेखि ५० डिग्री सेल्सियसमा पनि उड्न सक्ने तथा एकैपटक २ हजार २५० किलोग्रामसम्म सामान बोक्न सक्ने विशेषता रहेको सो एयरलायन्सले जनाएको छ ।