सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

कांग्रेसको चियापान १६ कात्तिकमा

रासस
4 weeks ago
24/10/2018

 

काठमाडौं। नेपाली कांग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम १६ कात्तिक, शुक्रबार गर्ने भएको छ ।

७ कात्तिकमा कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लामा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम १६ कात्तिक शुक्रबारका दिन गर्ने गरी मिति परिवर्तन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस नेता, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत चक्रप्रसाद बाँस्तोलाको गत २७ असोज राति भएको निधनका कारण कार्यक्रम सारिएको हो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम १६ कात्तिक दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा र उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा पनि आयोजना हुनेछ । उपत्यकाका तीन जिल्ला केन्द्रको कार्यक्रममा सहभागी हुनेछन् ।