बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

युवतीमाथि सामूहिक बलात्कार

राजधानी समाचारदाता
3 months ago
24/10/2018

 

रौतहट। एक किशोरीलाई तीन जना युवकले सामूहिक बलात्कार गरेका छन् । जिल्लाको गुजरा नगरपालिका–१ मनर्वाटोलमा गत आइतबार राति मेला हेर्न गएकी एक किशोरीलाई तीन जना युवकले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई स्थानीय तीन जना युवकहरूले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आइतबार राति मेला हेर्न गएकी ती किशोरीलाई सोमबार बिहान उज्यालो नहुँदै घर पु¥याइदिने भन्दै छिमेकी एक युवकले मोटरसाइकलमा राखेर मनर्वास्थित नहरको डिलमा लगेर अन्य तीन जना मिलेर बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

छ । बलात्कार गरी चन्द्रनिगाहपुर लगेर कपडा किनिदिने भन्दै पुनः उत्तरतर्फको जंगलतर्फ मोटरसाइकलमा राखेर लैजाँदै गर्दा बस्तीछेउमा पुगेपछि किशोरीले मोटरसाइकल चलाइरहेका आरोपी युवकको हात टोकेर मोटरसाइकल रोकेर गुहार मागेपछि आरोपी युवकहरू भागेको पीडित किशोरीको भनाइ छ । तीनै जना आरोपी युवकहरू अहिले फरार रहेको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी खड्काले जानकारी दिए ।

(Visited 6 times, 1 visits today)