सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

युवा नै सिक्न चाहँदैनन् सराय

 हुमाकान्त पोखरेल
3 weeks ago
27/10/2018

युवा नै सिक्न चाहँदैनन् सराय

 हुमाकान्त पोखरेल

सराय नाच हेर्नेको भीड लाग्छ तर नाच्ने मान्छे हु“दैनन् । पहिले–पहिले नाच्न पालो नपाइने ठाउँमा अहिले सरायको गोल पुग्दैन । ‘यो चौरमा पनि पहिले नाच्ने ठाउँ नै हुदैनथ्यो तर अहिले धेरै मान्छे देखि“दैनन्,’ बाहुनगाउँमा त्रयोदशीका दिन सराय खेल्न आएका धुर्कोट गाउँपालिका–४ जैसीथोकका ५७ वर्षीया शोभाखर कुँवर भन्छन्, ‘पहिलेभन्दा धेरै कम रमाइलो लाग्न थालेको छ ।’

नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा ऐतिहासिक सराय नाच संकटमा पर्दै गएको छ । गुल्मी, अर्घाखा“ची, प्यूठान, पाल्पा र कपिलवस्तुका शक्तिपीठमा कोजाग्रत पूर्णिमासम्म सराय नाच्ने प्रचलन छ । युवापुस्ता बिदेसिनु तथा मन्दिर व्यवस्थापन समितिको कमजोरीका कारण यस्तो स्थिति आएको उनी सुनाउ“छन् ।

५६ वर्षीय बलाराम पोखरेललाई पनि पछिल्लो समयको सराय खासै चित्त बुझ्दैन । प्रत्येक वर्ष भट्याउ“दै सराय नाच्ने गरेका पोखरेल केही वर्षयता भने जोडी नपुगेर चिन्तित छन् । ‘युवा पुस्ता सहर पसे, बाजागाजा व्यवस्थित छैनन्,’ उनले भने ।

बाजागाजा व्यवस्थित गरेर र युवापुस्तालाई तालिम नै दिएर भए पनि संस्कृति जोगाउनुपर्नेमा उनले जोड दिए । साथै केहीबेर रमाइलो गर्ने युवाहरूमा कुनै लय र मेलो नहुने पनि उनले बताए । इस्मा गाउँपालिका ४ का ९३ वर्षीय कमानसिंह बस्नेत डेढ घण्टाको बाटो हिँडेर सराय हेर्न मैदान आए । घण्टौं नाच्ने कमानसिंहलाई उमेरले साथ दिएन । करिब आधा घण्टा सराय खेले । ‘आफ्नो उमेरले नेटो काट्योे, केहीबेर खेले सास बढ्छ,’ उनले भने, ‘युवा खाडीमा छन्, गाउँमा भएका सिक्न खोज्दैनन् ।’

 

पट्टा–मालश्री लोप हुँदै

फुलपाती भिœयाउँदा गाइने मालश्री र पट्टा नाच पनि लोप हुँदै गएको छ । चापटारीबाट फुलपाती ल्याउने र इस्माकोतबाट ब्राह्मण र पुजारी झरेपछि मैदानमा डेढ घण्टा रोचक पट्टा नाच देखाउने र मालश्री गाउने प्रचलन भए पनि अहिले हराउँदै आएको पट्टा नाचमा अब्बल खुमबहादुर बस्नेत बताउ“छन् ।

रोचक नाच र गीत पाको पुस्तासँगै लोप भएको आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले बताए । आफूहरूले सिकेको मालश्री अब गाउने कुनै व्यक्ति वा समुदाय नभएको मालश्री गाउँदै आएका इस्मा रजस्थलका शोभाखर पैयानी बताउ“छन् ।

सराय नाच पनि उस्तै अवस्थामा छ । सिक्ने र सिकाउने पुस्ताबीचको समन्वय अभावमा पुरानो कला संस्कृति हराएको स्थानीय टीकाबहादुर थापाले बताए ।

 

 

हतियार प्रदर्शनमा रोक

भक्तजनले चढाएका पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, तरवार, खु“डा, खड्ग आपसमा ठोक्याउ“दै ‘वाख्खै वा’को भाषामा सराय खेलिन्छ । ‘खड्गछत्र देवताले रक्षा गरून्,’ ‘बाँचे आइसल’ जस्ता भाषा सराय नाचमा प्रयोग हुन्छन् । केही समयपहिले हतियार नै नचाएर सराय खेलिन्थ्यो । पछिल्लो समय त्यो छैन । हतियार प्रदर्शन गर्दा दुर्घटना हुने डर बढी हुने भएकाले यो पछिल्लो समय छोडिएको छ । अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ । ‘हतियारबिना त सराय नै खल्लो लाग्यो, साँझ पनि अबेरसम्म खेल्न नपाइने,’ धुर्कोट गाउँपालिका ४ का ८२ वर्षीय दुर्गाबहादुर नेपालीले भने, ‘यस्ता कुराले मनमा नरमाइलो लाग्दो रहेछ ।’

सोही ठाउँकै ७३ वर्षीय फर्सबहादुर नेपालीले पनि सुरक्षा व्यवस्थामा ध्यान दिँदै सरायका आधारभूत हतियार प्रदर्शन गर्न दिइनुपर्ने बताए । ‘हतियार वर्षमा एक दिन देखाउने हो, यो हाम्रो संस्कृति हो,’ उनले भने, ‘निश्चित मापदण्ड बनाएर भए पनि प्रदर्शन गर्दा राम्रो हुन्थ्यो ।’

समस्यै समस्या

सराय नाच्न पहिले–पहिले स्वतःस्र्फूत रूपमा मानिसहरू शक्तिपीठ आउने गर्दथे । तर, पछिल्लो धेरै समययता शक्तिपीठमा मन्दिर व्यवस्थापन समिति गठन नै गरिएको छ । त्यसरी गठन भएको समितिले घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्मका सबै कार्य गर्न व्यवस्थापनको काम गर्छन् ।

शक्तिपीठमा समिति गठन भएपश्चात् धेरैले समितिकै मुख ताक्छन् । जसका कारण कसैको सहयोग नपाएको समिति समस्याको भुमरीमा पर्छ । ‘सहयोग कतैबाट छैन, बाजागाजालगायतका कुरा व्यवस्थापन गर्न पनि आर्थिक समस्या छ ।’

जैसीथोकस्थित कुमारीदेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष मोतीलाल पोखरेलले भने, ‘सबैले समितिकै मुख ताक्छन् तर एक्लै नसकिँदो रहेछ ।’ तर पनि बाउबाजेले चलाएको संस्कृति जसरी भए पनि बचाउन लागिपरेको उनले बताए ।

 

नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा ऐतिहासिक सराय नाच संकटमा पर्दै गएको छ । गुल्मी, अर्घाखा“ची, प्युठान, पाल्पा र कपिलवस्तुका शक्तिपीठमा कोजाग्रत पूर्णिमासम्मसराय नाच्ने प्रचलन छ । युवापुस्ता बिदेसिनु तथा मन्दिर व्यवस्थापन समितिको कमजोरीका कारण यस्तो स्थिति आएको हो

 

 

पर्यटन प्रवद्र्धनमा सहयोग

सराय नाच नेपालका केही जिल्लामा मात्र नाच्ने गरिन्छ । सराय हेर्नकै लागि बसाइँ सरेकाहरू समेत केही दिनका लागि आफ्नो घर फर्कन्छन् । सराय नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिँदैनन् । धेरैले व्यापार गर्ने अवसरसमेत पाउँछन् । सरायँ नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ । त्यस्तै, चटपटे, अम्बा, बालबालिकाका खेलौनालगायतका सामग्रीको राम्रो व्यापार हुन्छ ।

दसैंमा पाइने यस्ता खानेकुरा र शक्तिपीठको महŒव अरूलाई पनि बुझाउन सके पर्यटक प्रर्वधनमा ठूलो सहयोग पुग्ने पाञ्चायन मावि जैसीथोकका पूर्वप्रध्यानाध्यापक मेघराज खनालले बताए । ‘सराय र शक्तिपीठको महŒव विभिन्न माध्यमबाट प्रचार गर्नु जरुरी छ,’ उनले भने, ‘यसबाट ठूलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिन्छ ।’

रेसुंगा बहुमुखी क्याम्पस तम्घासका उपप्रध्यापक नारायण भुसालले पनि सरायको प्रचार–प्रसार गर्न सकेमा धार्मिक शक्तिपीठको थप विकासमा सहयोग पुग्ने बताए । ‘एकातर्फ गाउँठाउँको विकास हुन्छ भने अर्कोतर्फ हाम्रो पहिचान बोकेको संस्कृतिको प्रचार हुन्छ,’ उनले भने, ‘स्थानीय नागरिकदेखि सरकार सबैले ध्यान दिनु आवश्यक छ ।’ सरायले गर्दा पर्यटक भिœयाउन सके रोजगारीसमेत सिर्जना हुने र आम्दानीको स्रोत बढ्ने उपप्रध्यापक भुसालले बताए ।

यसरी सुरु भयो सराय

घटस्थापनादेखि नौ दिनसम्म देवीको पूजा गर्दा महाकाली उत्पति भइन् । पछि महाकाली ठूली हुँदै गइन् र राक्षसलाई मारिन् पनि । त्यसपछि रामचन्द्रले रावणलाई मारे । नौ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरूप दसैंको टीका लगाउने प्रचलन बस्यो भने रावण मारेको उत्सवमा हजारौं वर्षअघि द्वापरयुगमा सराय खेल्न थालिएको इतिहास छ । एकादशीका दिन गुल्मीको इस्मा मैदान र धुर्कोट वस्तुमा सराय नाच्ने गरिन्छ । द्वादशीको दिन बुल्म, त्रयोदशीको दिन जैसीथोकको बाहुनगाउँ, चतुर्दशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघा, अर्जैलगायतका क्षेत्रमा सराय नाच्ने गरिन्छ ।

संरक्षण प्रयासमा स्थानीय तह

अहिले गाउँगाउँमा स्थानीय सरकार छन् । त्यसैले पनि सराय जस्ता मौलिक नाच जोगाउने दायित्व सरकारले पनि वहन गर्नुपर्छ । यसैलाई मध्यनजर गर्दै गत वर्ष धुर्कोट गाउँपालिकाले गाउँपालिकास्तरीय सराय नाच प्रतियोगिता नै ग¥यो । अहिले पनि गाउँपालिका विभिन्न कार्यक्रममार्फत संस्कृति संरक्षणमा लागिपरेको गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिए । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले गाउँपालिकाभित्रका विभिन्न कला संस्कृति र परम्परा जोगाउन आफूहरू योजनाबद्ध रूपमा लागेको बताए । उनले अहिले तीज गीत प्रतियोगिता, पञ्चेबाजा संरक्षण, मठ मन्दिरहरूको संरक्षणलगायतका काम भइरहेकाले अब विस्तारै ऐतिहासिक कला संस्कृतिहरूको प्रचारप्रसार र जर्गेना गर्नुपर्नेमा जोड दिए ।

‘कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा युवाहरूको चासो कम छ,’ उनले भने, ‘त्यो परम्परा र व्यावसायिकताका लागि योजना बनाएर अगाडि बढ्छौं ।’