सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

ब्रेन, विचार र विज्ञान

ओम बानियाँ
3 weeks ago
27/10/2018

ब्रेन, विचार र विज्ञान

ओम बानियाँ

 

विचार मस्तिष्कको प्रमुख मानसिक ऊर्जा हो । वास्तवमा विचार शक्ति यस संसारको सबैभन्दा शक्तिशाली ऊर्जा हो । विचारले नै मानिसको शारीरिक ढा“चा, हालचाल, रंग–ढंग, आचारण तथा चरित्र निर्धारण गर्छ । त्यसैले भन्न सकिन्छ, मानिस आफैं आफ्नो चरित्र निर्माता हो । विचार प्रकाशभन्दा पनि अधिक वेगवान् छ, अति सूक्ष्म र बलवान् छ ।
प्रकाशको गति १ लाख ८६ हजार माइल प्रतिसेकेन्ड भएझैं विचारको गति १ लाख ९२ हजार माइल प्रतिसेकेन्ड छ । तर, कतिपय वैज्ञानिकहरूको मत छ कि विचारको गतिको कुनै सीमा छैन । यसको गति असीमित छ । जस्तो कि विचार शून्य सेकेन्डमा बुटवलबाट काठमाडौं पुग्न सक्छ । शून्य सेकेन्डमै बुटवलबाट अमेरिका पुग्न सक्छ ।
वैज्ञानिक प्रयोगहरूद्वारा नै यो सिद्ध भएको छ कि मानिसका लागि विचार शक्ति यस संसारको सबै भन्दा शक्तिशाली ऊर्जा हो । त्यसैले यो ऊर्जालाई आफ्नो हितमा सदुपयोग गरेर मस्तिष्क शक्ति तथा मानसिक शक्ति बढाएर चमत्कारी कार्य
गर्न सकिन्छ ।

विचारको उद्गम स्थल मस्तिष्क हो । विचारको प्रभाव पनि सबैभन्दा बढी मस्तिष्कमा नै पर्दछ अनि मस्तिष्कमार्फत सम्पूर्ण शरीरमा पर्छ । वैज्ञानिक रूपमा नै प्रमाणित भएको छ कि जब मानिसको मनमा विचार उत्पन्न हुन्छ, तब मस्तिष्कमा रासायनिक क्रिया तथा प्रतिक्रिया उत्पन्न हुन्छ, जसले गर्दा विचारस“ग सम्बन्धित रसायन–न्युरोपेप्टाइड्स सक्रिय हुन्छन् ।
न्युरोपेप्टाइड केवल मस्तिष्कमा मात्र हु“दैन, शरीरभरि नै रहन्छ । पेट, मिर्गौला तथा कलेजोलगायतका अंगमा पनि यसको उपस्थिति हुन्छ । यसै कारणले नै विचारले मानिसको शारीरिक ढाँचा तथा रंग–ढंग पनि निर्धारण गर्छ । मानिसको मस्तिष्कमा सयौं प्रकारका स्नायु रसायन छन्, तीमध्ये सेरोटोनिन, नोरएपिनेफ्रिन तथा डोपामिन– यी तीन प्रसन्न हलकारा (मेसेन्जर) हुन् ।

यिनै रासायनिक मेसेन्जरमै मानिसका आनन्द, खुसी तथा प्रसन्नता टिकेको हुन्छ । यदि यी हलकाराले ठीक काम गरेनन् भने मानिस खुसी र प्रसन्न रहन सक्दैन, जसले गर्दा अनिद्रा, चिन्ता तथा डिप्रेसन हुने गर्दछ । त्यसैले त भनिएको नै छ, शुभ विचार तथा शुभ संकल्प शक्तिले नै मानिसलाई महान् बनाउ“छ ।
प्रसिद्ध एउटा लोकोक्ति छ, ‘खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भिœयाउन सकिन्छ । खेतमा धानको बीउ रोप्यौं भने धान नै फल्छ, गहु“ फल्न सक्दैन । त्यसैले धान फलाउन धान नै रोप्नुपर्छ, गहु“ फलाउन गहु“ । प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागू हुन्छ । मानिसको मनमस्तिष्क पनि एक किसिमको खेत नै त हो । जहा“ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुने गर्दछ ।

यदि विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ, हुर्किन्छ । फुल्छ, फल्छ । तर, विफलताको विचारबाट सफलता उत्पादन हुन सक्दैन । त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको सिमीको बीज रोपेर स्याउको आशा गर्नु जस्तै हो । के यो सम्भव छ ? त्यसैले एउटा कुरा के निश्चित छ भने तपार्इंले जे चाहनुहुन्छ, त्यही पाउनुहुनेछ । विफलता चाहनुभयो भने विफलता पाउनुहुनेछ । सफलता चाहनुभयो भने सफलता नै पाउनुहुनेछ ।
याद राख्नुहोस्, तपाईं अहिले जे हुनुहुन्छ, तपाईंले हिजो त्यही नै चाहनु भएको थियो । आज जे चाहनुहुन्छ, भोलि त्यही नै पाउनुहुनेछ । त्यसैले आफ्नो मनमस्तिष्कमा कुन बीज रोप्ने हो, छनोट गर्नुहोस् ।

आ“प रोप्ने हो कि कटहर ? धान रोप्ने हो कि गहु“ ? कोदो रोप्ने हो कि फापर ? छनोट गर्नुहोस् । तर, एउटा उल्लेखनीय कुरा के भने बोटबिरुवाका लागि उपयुक्त माटो र हावा पानी चाहिन्छ । जुनसुकै बिरुवा जुनसुकै माटो र जलवायुमा उम्रिन सक्दैन, हुर्किन सक्दैन । फुल्न र फल्न सक्दैन । तराईमा स्याउ फलाउन सकि“ंदैन,
हिमालमा आ“प ।

हिउ“दमा धान रोप्न हु“दैन, वर्षायाममा गहु“ । यो प्रकृतिको नियम नै हो । यो नियम मानव जीवनमा पनि लागू हुन्छ । त्यो किनभने मानिस पनि प्रकृतिकै एउटा अंग हो । त्यसैले तपाईंले जस्तो किसिमको सफलता चाहनुभएको छ, त्यस्तै मनस्थिति छनोट गर्नुपर्ने हुन्छ । विफलताको मनस्थितिमा सफलताको चेतना जागृत हुन सक्दैन ।

सफलता जागृति नभई कुनै मानिस सफल हुन सक्दैन । यो निश्चित छ । त्यसैले सधैं याद राख्नुहोस्, यदि मानिसले गरिबीको विचार गर्दछ भने मानिस गरिब नै हुन्छ । धनी हुने विचार गर्दछ भने धनी बन्दछ । सफलताको विचार गर्दछ भने सफल हुन्छ । साहसिक विचार गर्दछ भने साहसी हुन्छ । प्रसिद्धिको विचार गर्दछ भने प्रसिद्ध हुन्छ ।
यो प्रकृतिको नियम नै हो कि जसरी धान रोपेर गह“ु फल्न सक्दैन । त्यसरी नै तपाईं गरिबीको विचारमा डुबेर कदापि धनी बन्न सक्नुहुन्न । तपाईं विफलताको विचारमा अल्झिएर कहिल्यै सफल बन्न सक्नुहुन्न । तपाईं रात दिन का“तर विचार खेलाएर कुनै हालतमा साहसी बन्न सक्नुहुन्न ।

विचारको रूप

विचारका दुई रूप हुन्छन् अर्थात् विचार दुई किसिमका हुन्छन् । एक, सकारात्मक तथा अर्को नकारात्मक विचार । यसलाई राम्रा र नराम्रा विचार भन्न सकिन्छ, असल र खराव विचार वा शुभ र अशुभ विचार पनि भन्न सकिन्छ ।
विचारको बुभ्mनै पर्ने मनोविज्ञान के हो भने मानिसको मनमस्तिष्कलगायत सम्पूर्ण शरीरमा राम्रा विचारको प्रभाव सधैं राम्रो पर्दछ र नराम्रो विचारको प्रभाव सधैं नराम्रो नै पर्दछ ।
वास्तवमा सकारात्मक विचार मनमस्तिष्कको ऊर्जा हो भने नकारात्मक विचार तेजाब हो, सकारात्मक विचार जीवनको उज्यालो हो भने नकारात्मक विचार अ“ध्यारो । त्यसैले सकारात्मक र नकारात्मक विचारको प्रभावलाई बुझ्न यहा“ विचारको प्रभावको वासलात प्रस्तुत गरिएको छ ।

 

वरिपरिका व्यक्तिलाई समेत कुप्रभाव पार्दछ । साथीभाइ,  परिवार, समाज तथा राष्ट्रलाई नै हानि हुन्छ । मानिस परिवार, सामाज तथा देशकै बोझ बन्छ । नकारात्मक विचारका बेफाइदा नै बेफाइदा छन्, एउटा पनि फाइदा छैन

 

नकारात्मक विचारको नतिजा

स्नायु रसायनले ठीकस“ग कार्य गर्न सक्दैन, जसले गर्दा शारीरिक तथा मानसिक– दुवै स्वास्थ्य खराब हुन्छ । चिन्ता,
उदासीनता तथा निराशा छाउ“छ, मानिस पागल हुन सक्दछ ।
मानिसले आत्महत्या गर्न सक्दछ । जीवन उद्देश्यविहीन बन्न पुग्छ । मानिस अ“ध्यारोतिर जाकि“दै मनको दास जिउ“दो लास बन्दछ । परिवार, साथीभाइ, सहपाठी तथा वैवाहिक सम्बन्धमा तीतोपना आउ“छ ।
वरिपरिका व्यक्तिलाई समेत कुप्रभाव पार्दछ । साथीभाइ, परिवार, समाज तथा राष्ट्रलाई नै हानि हुन्छ । मानिस परिवार, सामाज तथा देशकै बोझ बन्छ । नकारात्मक विचारका बेफाइदा नै बेफाइदा छन्, एउटा पनि फाइदा छैन ।

सकारात्मक विचारका फाइदा

सकारात्मक विचारले स्नायु रसायनले ठीकस“ग कार्य गर्छन्, जसले गर्दा मस्तिष्कले अथाह ऊर्जा पाउ“छ, मानिसको शारीरिक तथा मानसिक दुवै स्वास्थ्य ठीक रहन्छ । जीवन यात्रामा अघि बढ्न निरोगी शरीर हुनु अति आवश्यक छ । आशा, उत्साह तथा जोस र जाँगर बढ्छ । जीवनको महान लक्ष्य बन्छ । मानिस उज्यालोतिर बढ्दै जान्छ ।
दिनप्रति दिन प्रगति गर्दै जान्छ । परिवार, साथीभाइ, सहपाठी तथा वैवाहिक सम्बन्धमा खुसियाली छाउ“छ । आनन्द बढ्छ, लक्ष्यको बाटो नै मनोरञ्जनका साधान बन्छ । वरपरका व्यक्तिलाई समेत उत्प्रेरणा प्राप्त हुन्छ । परिवार, समाज तथा राष्ट्रलाई नै फाइदा हुन्छ । व्यक्ति परिवार, समाज तथा देशको नै धुरी खम्बा तथा सम्पत्ति बन्न सक्दछ । सकारात्मक विचारका फाइदा नै फाइदाहरू छन्, एउटा पनि बेफाइदा छैन ।

विचार निर्माण

मानिसको सोच तथा दृष्टिकोणलाई विभिन्न तŒवले प्रभाव पार्छन् । त्यसैले यस्ता तŒवले नै मानिसको सोच र दृष्टिकोण निर्धारण गर्दछन् । मानिसको सोच र दृष्टिकोण निर्धारण गर्ने केही प्रमुख तŒवमा पैत्रिक दाय, अनुभव, वातावरण, स्वःसूचना र शिक्षा पर्छन् । यी यावत् तŒवद्वारा नै मानिसको सोच तथा दृष्टिकोण बन्ने गर्दछ । तर, मानिसले चाहेको खण्डमा आफ्नो सोच र दृष्टिकोणलाई परिवर्तन गर्न सक्दछ । त्यसैले त खप्तड स्वामीले ‘विचार विज्ञान’ नामक किताबमा लेखेका छन्,
‘विचार गर्ने विधि बडो सरल छ । यदि तिमीलाई धनको इच्छा छ भने सदैव विश्वलाई धनले भरिएको हेर ।

आरोग्यता चाहिन्छ भने सदैव आफूलाई आरोग्य मान, प्रेम चाहन्छौ भने आफ्नो मनमा प्रेमको विचार गर । जुन वस्तुको इच्छा छ, उसैमाथि आफ्नो विचार केन्द्रित गर । तर, स्मरण राख कि आज धनको र भोलि दरिद्रताको विचार गर्नाले दुवै आआफ्नो फल दिन्छन्् । यो पनि स्मरण राख कि विना उद्योग विश्व भण्डारबाट केही मिल्न सक्दैन ।’

हो, मानिसको जीवन यात्रा पक्कै सजिलो छैन, यात्रामा अनेकौं विघ्न–बाधाहरू आइपर्छन् । तर, ती सबै विघ्न–बाधाको मूल कारण मानिस आफैं हो, वास्तवमा नकारात्मक सोच तथा दृष्टिकोण नै विघ्न–बाधाहरूको मूल जरो हो ।
यही नै मानिसको जीवन यात्राको सबैभन्दा ठूलो अड्चन हो । त्यसैले त स्वामी विवेकानन्दले भनेका नै छन्, ‘एउटा मानिस, जसले आफूलाई सधैं कमजोर ठान्छ भने ऊ कदापि निडर बन्न सक्दैन तर एउटा मानिस, जसले आफूलाई सधैं सिंहजस्तो ठान्छ भने उसले पिँजडाको सिंहझैं गर्जाहटको साथमा सांसारिक जाललाई तोडेर संर्घषको मैदानमा उत्रिन्छ ।’ ल