सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

कर्णालीमा सम्भावना सपना

शुभाकर विश्वकर्मा
3 weeks ago
27/10/2018

कर्णालीमा सम्भावना सपना

शुभाकर विश्वकर्मा

कर्णालीको भव्यता र सभ्यता कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने प्रयास विगतदेखि भइरहे । अहिले पनि त्यो क्रम जारी नै छ । भाषा, संस्कृति र सभ्यताको आफ्नै ऐतिहासिक महŒव छ, कर्णालीमा । जसको संरक्षण र संवद्र्धनमा राज्यले त्यति ध्यान दिएको छैन ।

कर्णाली प्रदेश आफैंमा प्राकृतिक सौन्दर्यका हिसाबले अनेक सम्भावना भएको क्षेत्र हो । यहाँको जनजीवन, परम्परा र प्रकृति भिन्न प्रकृतिको छ । साविकको कर्णाली अञ्चल जो मानव विकास सूचकांकमा सबैभन्दा पछि छ । आर्थिक समृद्धिका हिसाबले यहाँको जल, जमिन र जंगलमा उर्वर शक्ति पर्याप्त छ ।

कर्णाली आफैंमा अथाह प्राकृतिक उपहारले भरिपूर्ण क्षेत्र हो । यहाँ हरेक प्रकारका पर्यटन सम्भव छ । यद्यपि, अशिक्षा, गरिबी, पछौटेपन र परनिर्भरताको पर्यायका रूपमा लिने प्रवृत्ति हटेको छैन । समान्यतया सुन्दा र भोग्दा अनि प्रत्यक्ष रूपमा यहाँ पुग्दा एक अर्को स्वर्ग भेटेको अनुभव कर्णालीमा पुग्ने हरेक व्यक्तिले गर्दछ । जसरी कर्णालीलाई अभावको बिल्ला भिराइएको छ । कर्णालीमा पुग्दा ती भ्रम मेटिन्छन् । कर्णाली पुग्ने जो कोही प्रकृतिको भूस्वर्ग देखेर आनन्दित मात्र होइन, अच्चमित
पनि हुन्छन् ।

कर्णाली प्रदेशमा सानाठूला गरी झन्डै दुई दर्जन आकर्षक पर्यटकीय गन्तव्य छन् । पछिल्लो समयमा चर्चामा आएको मुगुको रारा ताल, छायानाथ मन्दिर, डोल्पाको से–फोक्सुुन्डो ताल, से–गुम्बा, जुम्लाको सिञ् जा, दैलेखको ज्वालामुखी, दुल्लु दरबार, नेपाली भाषाको पहिलो लिपि, हुम्लाको हिल्सा, लिमी उपत्यका, सल्यानको कुभिण्डे दह, कालिकोटको पचाल झरना, सुर्खेतको काक्रेविहार, बुलबुले ताललगायतका प्रख्यात पर्यटकीय गन्तव्य हुन् ।

जुम्ला गुठीचौर

कर्णाली प्रदेशको मुगु रारा ताल पछि प्रमुख पर्यटकीय गन्तव्यका रूपमा हेरिएको जुम्लाको गुठीचौर पाटनमा अहिले दैनिक पर्यटनको घुइँचो लाग्छ । तर, प्रचारप्रसार अभावका कारण त्यो पनि ओझेलमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइमा परेको गुठीचौर पाटन सरोकारवालाको नजरमा अझै पर्न नसकेको हो । जुम्ला सदरमुकामदेखि करिब चार घण्टाको पैदल दूरी रहेको गुठीचौर जुम्लाको एक आर्थिक समृद्धिसँग जोड्न सकिने प्रमुख गन्तव्य हो । जुम्लामा रहेका विभिन्न पर्यटकीय गन्तव्यमध्येको एक गुठीचौर हो ।
जुम्ला एक भूस्वर्ग जस्तै प्राकृतिको देन भएको जिल्ला पनि हो । त्यसमा पनि जैविक विविधता, भाषा, संस्कृति र सभ्यताले भरिपूर्ण छ । कर्णालीका पाँचै जिल्लाका आफ्नै विशेषता तथा महŒव छ । यहाँको कृषिदेखि पर्यटनको सम्भावना देशकै अर्थतन्त्र धान्ने खालको छ ।

देशकै सबैभन्दा ठूलो ताल रारा जुम्लाको शिरानमा अवस्थित छ । जहाँ पुग्न नेपाली भाषा, संस्कृति र सभ्यताको केन्द्र सिञ्जा उपत्यका उकाली ओराली छिचोलेर मुगु जानेको लर्को पनि हिजोआज कम छैन । रारा तालको सौन्दर्यमा डुबुल्की मारेर १२औं शताब्दितिर विश्कै उच्च स्थानमा फल्ने कालीमार्सी धान खेती गर्न सिकाउने चन्दननाथ बाबाको मन्दिर जुम्लाको खलंगा बजारमा सजिलै दर्शन गरेर फर्किन्छन्, पर्यटक ।
विश्वकै उच्च स्थानमा धान फल्ने छुमचौरको अवलोकन तथा भ्रमणमा पर्यटकहरूको आकर्षण बढेको छ । यतिबेला कर्णालीका डाँडापाखामा फुलेका फूलले बनाएको मनमोहक दृश्यको अवलोकन गर्दै फलेका अर्गानिक स्याउ, आरु, ओखरको स्वाद चाख्दै रमाउँछन् पर्यटक ।

कृत्रिम तालदेखि होमस्टे

कर्णाली प्रदेशको जुम्लामा रहेको पर्यटकीय गन्तव्य गुठीचौरमा कृत्रिम ताल बनाउन पूर्वसम्भाव्यता अध्ययन सुरु गरिएको छ । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिककाले विज्ञको सहभागितामा पूर्वअध्ययन सुरु गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा गुठीचौरलाई बहुउद्देश्यीय गन्तव्य बनाउने नीति लिएको छ । सोहीअनुसार पहिलो वर्ष २० लाख रकमसमेत विनियोजन गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।

‘गुठीचौरलाई पर्यटकीय हब बनाउने उद्देश्य गाउँपालिकाको रहेको छ,’ उनले भने, ‘गुठीचौरमा कृत्रिम ताल बनाएर ५ मेगावट विद्युत् उत्पादनको लक्ष्य पूरा गरी प्रविधिमा फड्को मार्ने प्रयास छ ।’ त्यस्तै, गुठीचौरमा पर्यटकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै गुठीचौरको कोल्ते र चोत्र गाउँमा होमस्टे सञ्चालन गरिने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए । झन्डै १५० घर होमस्टमा परिणत हुँदै छन् ।

 

 

कर्णाली  प्रदेश आफैंमा प्राकृतिक  सौन्दर्यका दृष्टिले अनेक सम्भावना भएको क्षेत्र हो । यहा“को जनजीवन, परम्परा र प्रकृति भिन्न प्रकृतिको छ । साविकको कर्णाली अञ्चल जो मानव विकास सूचकांकमा सबैभन्दा पछि छ । आर्थिक समृद्धिका हिसाबले यहा“को जल, जमिन र जंगलमा पर्याप्त उर्वर शक्ति छ

 

 

स्थानीय सरकारको लगानी

प्रधानमन्त्री केपी शर्मा ओलीले रारा पर्यटन वर्ष घोषणा गरेसँगै कर्णालीमा पर्यटनका गतिविधि ह्वात्तै बढेका छन् । कर्णाली प्रदेश सरकारले पनि आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास तथा पर्यटनमन्त्री दल रावलले कर्णालीका पर्यटन सम्भावनाको विकास र प्रचारप्रसारका लागि झन्डै ५ करोड बजेटको व्यवस्था गरेको बताए ।
‘कर्णाली चिनाउने आधार भनेकै पर्यटन क्षेत्र हो । प्रदेश तथा स्थानीय सरकाले यसको प्रवद्र्धनमा लगानी बढाउन आवश्यक छ,’ उनले भने, ‘पाँच वर्षमा ५ लाख पर्यटक भिœयाउने लक्ष्य कर्णालीका पर्यटन क्षेत्रबाट सम्भव छ । आर्थिक समृद्धि र कर्णाली चिनाउन पर्यटन क्षेत्रमा लगानी आवश्यकता हो ।’

 

कर्णालीका पाँच जिल्लामा रहेका स्थानीय सरकारले भने आवश्यकताअनुसार पर्यटनमा लगानी गरेको देखिन्न ।
पर्यटन शीर्षकमा २० लाख बढी बजेट छुट्याएको देखिन्छ । त्यो पर्याप्त छैन । जुम्लाका सांस्कृतिक, पर्यटकीय तथा धार्मिक गन्तव्यका लागि सम्भाव्यता अध्ययन तथा आवश्यक प्रक्रिया पूरा गरी पर्यटक भिœयाउन गुरुयोजना बनाउन आवश्यक रहेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईं बताउँछन् ।
जुम्लाका आठ स्थानीय तह गरी पर्यटन प्रवद्र्धनका क्षेत्रमा २ करोड जति मात्रै छुट्याएका छन् । तर, बढ्दो पर्यटन आकर्षणको मध्यनजर गर्दै लगानी बढाउन आवश्यक रहेको महसुस भइसकेको जनप्रतिनिधिले बताएका छन् ।

कर्णाली–रारा पर्यटन वर्ष

कर्णालीमा रहेका यिनै सम्भावनका क्षेत्रको विकासका लागि प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने जोडतोडका साथ सुरु गरे पनि कर्णालीका अधिकांश जिल्लामा पर्याप्त पूर्वाधार भने बनाइसकेको छैन ।
पूर्वाधार विकासकै कमीले पर्यटकको मन जित्न नसकेको रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायले बताउँछन् । अहिले प्रदेश सरकारले यिनै पर्यटकीय क्षेत्रमा पर्यटक वृद्धि गराउने उद्देश्यले पर्यटन वर्षसमेत आयोजना गरिरहेको छ । जसले पर्यटक भित्रीले अपेक्षा प्रदेश सरकारको छ । दुई वर्षअघि आन्तरिक पर्यटक रारामा करिब २० हजार पर्यटक रारा पुगेको तथ्यांक छ । गत वर्ष रारामा आन्तरिक पर्यटक ६० हजार पुगेकामा २०१ जना विदेशी पर्यटक पुगेको पाइएको छ ।

उत्तरी नाका आवश्यक

कर्णाली प्रदेशको समृद्धिको मुख्य आधार चीनसँग जोडिएको उत्तरी नाका खोल्ने तयारीमा प्रदेश सरकार रहेको छ । भर्खरै मुख्यमन्त्रीको एक टोली चीन भ्रमण गरेर आइसकेको छ । प्रदेश सरकारबाट यसका लागि औपचारिक कदम पनि सुरु भएको छ । उक्त नाका खोल्नुअघि सडकको पहुँच मार्ग निर्माण गर्नुपर्ने देखिन्छ ।
मुगुको गमगढी–नाक्चेनांग्ला सडक अहिलेसम्म १६ किलोमिटर निर्माण भएको छ भने जम्मा ८५ किलोमिटर निर्माण गर्नुपर्ने हुन्छ । हुम्लाको सिमिकोट–हिल्सा सडक ७८ किलोमिटर, हुम्लाकै अर्काे सिमिकोट–लिमी–लाप्चा सडक ९० किलोमिटर सडक निर्माण गरी जोड्नु पर्नेछ । डोल्पाको दुनै–धो–मुरिम्ला सडक १७० किलोमिटर निर्माण गर्नुपर्ने हुन्छ । जसमा मुरिल्लादेखि ७० किमि नेपालको भूमिमा सडक बनिसकेको छ । यो सडक मार्ग र नाका खोले प्रदेशको समृद्धि र व्यापारिक पारवहन सम्बन्ध स्थापित हुनेछन् । ल