मंगलवार ३ पौष, २०७५ (Tuesday, 18th December 2018)
३ पौष, २०७५ (18 December 2018)

दीपावली पर्व

डा. देवीप्रसाद आचार्य
2 months ago
29/10/2018

दीपावली पर्व

डा. देवीप्रसाद आचार्य

 

तिहार शरद ऋतुमा पर्छ । शरद ऋतु अत्यन्त मनोरम, सफा, रसिलोका साथै जताततै फुल्ने पूmलहरूले वरिपरिको वातावरणलाई मनमोहक बनाउने समय हो । यस समयमा विभिन्न किसिमका पूmल पूmलेर घर, आँगन जताततै सजिएका हुन्छन् । घर वरिपरी, खेतबारी, भीरपाखामा हरियाली छाएको हुन्छ । वर्षभरि दुःख गरेका किसानको खेतमा धानका बाला झुलेका हुन्छन् । प्रकृतिको यस्तो अत्यन्तै रमणीय समयमा आउने चाड भएकाले तिहारमा मानिसहरूको मनमस्तिष्कमा रमाइलोपन छाएको हुन्छ ।

तिहार कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीया तिथिका बीचमा पाँच दिनसम्म मनाइने चाड हो । पाँच दिनसम्म मनाइने यो चाडको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचांै दिन भाइ तिहार मनाउने चलन छ । यी पाँच दिनलाई यमपञ्चक पनि भन्ने चलन छ । तिहारका यी पाँचवटै दिनमा घरघरमा दीपावली गरिने भए पनि विशेषगरी औंसीको साँझ वा गाईतिहारको साँझ लक्ष्मीको पूजा गर्ने दिनमा भव्य रूपमा घरका भ्mयाल, ढोकालगायतका ठाउँमा पूmलमालाले सजाएर दीप बालेर जताततै उज्यालो बनाउने भएकाले तिहारलाई पूmल तथा दीपावलीको पर्व भन्ने गरिन्छ ।

तिहारका पाँच दिनमध्ये तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई यमराजको दूत र अत्यन्तै चलाख पन्छीको रूपमा लिइन्छ । यसका साथै कागले टाढाटाढाका सूचना ल्याउने भएकाले कागको पूजा गरिएको हो भन्ने जनविश्वास रहेको छ । यसैगरी, कुकुरलाई नरकका राजा यमराजको दूत मानिन्छ । कुकुर गुणवान् र विश्वासी प्राणी पनि हो । कुकुरले घरको सुरक्षा गर्न‘का साथै मालिकको अत्यन्त वफादार प्राणी भएकाले तिहारमा यसको पूजा गरिने किंवदन्ती छ । कुकुरमा अध्यन्तै सुँध्नसक्ने क्षमता भएकाले अहिलेको आधुनिक समाजमा विभिन्न तालिम दिएर सुरक्षालगायत अपराधीलाई पत्ता लगाउने अनुसन्धान कार्यहरूमा समेत प्रयोग गरेको पाइन्छ । मानिसले पत्ता लगाउन नसकेका कतिपय घटना तालिमप्राप्त कुकुरहरूको सहायताले अनुसन्धान गर्न सहज भएको पाइन्छ । यसरी हेर्दा समाजमा कुकुर पूजाको महŒव रहेको पाइन्छ ।
यसैगरी, तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ । गाईलाई हिन्दू संस्कृतिनुसार अत्यन्त सम्मान गर्ने प्राणीका रूपमा लिइन्छ । र, गौमाता भनी पूजा आरधना गर्ने चलन छ । गाई पूजाको दिनमा लक्ष्मीपूजासमेत गरी घरघरमा लक्ष्मीको पूजाआरधना गर्ने चलन छ । यस दिन बिहान नुवाइधुवाइ गरी गाईलाई माताका रूपमा पूजा गरिन्छ र लक्ष्मीको स्वागतार्थ घरका भ्mयालढोकामा सयपत्री, गोदावरी, मखमलीलगायतका पूmलका मालाले सिँगारी साँझधन दौलतकी देवी महालक्ष्मीको भव्यताका साथ पूजा–अर्चना गर्ने चलन छ ।

वैदिक परम्परानुसार लक्ष्मी मातालाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्घि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीको रूपमा मान्ने चलन छ । यस दिन विशेष गरेर हिन्दू धर्मावलम्बीहरूले आ–आप्mना घरलाई लिपपोत, सरसफाइ गरी, घरको ढोकादेखि पूजा कोठासम्म रातो माटोले लिपेर, अबिर, चामलको पिठो र पूmलहरूले बाटोलाई सजाएर लक्ष्मीको आह्वान गर्ने चलन छ । लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाले सिँगारी यस दिन धनको सिंहासन मूल ढुकुटीमा बत्ती बालेर विशेष रूपमा पूजाआजा गरिन्छ ।

यसैगरी, यमपञ्चकको चौथो दिनलाई गोरु पूजाको दिन भनिन्छ । यस दिन गाईको गोबरबाट गोबद्र्धन पर्वतका आकारको आकृति बनाई भगवान् शिवको बाहन, कृषकहरूको सहारा जसको सहायताबाट किसानहरूले अन्नबाली लगाउने र जीवनमा खाद्यपदार्थको आवश्यकता पूरा गर्ने गराउने माध्यम धर्तीपुत्र गोरुलाई पूजा गरी माला लगाई सम्मान व्यक्त गरिन्छ । यस दिनमा पुराण प्रसिद्घ दानी पुरुष बलि राजाको पनि पूजा गर्ने चलन छ । यसरी हेर्दा वर्षांै दिनभरि किसानका खेतबारीमा जोत्न प्रयोग गरिने गोरुको पूजा गरी सम्मान अर्पण गरिने हुँदा हिन्दू संस्कृतिमा परिश्रमको इज्जत र सम्मान गर्ने चलन रहेको पनि देखिन्छ । तिहारको अन्तिम अर्थात् पाँचौं दिनलाई भाइ तिहार भनिन्छ । भाइ तिहारका दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई टीका लगाइदिने चलन छ ।

 

यमराजकी दिदी यमुनाले भाइको पूजा गरेर टीका लगाइदिएकाले भाइ टीकाको चलन सुरु भएको तिहार आजसम्म आइपुग्दा पनि सामाजिक दृष्टिकोणले यसको महŒव अझै बढेको पाइन्छ । यस चाडले टाढाटाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको भेटघाटको अवसर प्रदान गर्ने हुनाले यसको सामाजिक महŒव हो

 

किंवदन्तीअनुसार मृत्युदेव यमराज पाँच दिनसम्म आप्mनो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर आप्mनी दिदी यमुनाको घरमा गएका र दिदी यमुनाले आप्mना भाइ आएको खुसियालीमा दीपावली गरी उनको पूजा गरेकी थिइन् भन्ने शास्त्रीय मान्यता रहेको छ । दिदीको स्वागतमा यमराजले खुसी व्यक्त गर्दै आउने दिनहरूमा दिदीबहिनी र दाजुभाइहरूका बीचमा टीका लगाउने चलन हुनेछ भनेकाले तिहार पर्वको सुरुवात भएको हो किंवदन्ती रहेको छ ।
यमराजकी दिदी यमुनाले भाइको पूजा गरेर टीका लगाइ दिएकाले भाइ टीकाको चलन सुरु भएको तिहार आजसम्म आइपुग्दा पनि सामाजिक दृष्टिकोणले यसको महŒव अझै बढेको पाइन्छ । यस चाडले टाढाटाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको भेटघाटको अवसर प्रदान गर्ने हुनाले यसको सामाजिक महŒव हो । यस दिनमा दिदीबहिनीहरूले आ–आप्mना दाजुभाइहरूलाई भाइ टीकाको निमन्त्रणा दिई, निधारमा सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्दै कहिल्यै नसुक्ने तेल, शिरमा घसी कहिल्यै नओइलाउने पूmल मखमलीको मालाले सजाई पूजा गरेर ओखर फुटाएर आप्mना दाजुभाइहरूका शत्रु वैरीको नास होस् भनी आशीर्वाद दिने चलन छ । यसरी हेर्दा तिहारले दाजुभाइ तथा दिदीबहिनीहरूको बीचमा प्रगाढ माया, स्नेह तथा सद्भाव रहेको पुष्टि गर्छ ।

समाज परिवर्तनशील हुने भएकाले समयको क्रम सँगसँगै समाजका मूल्य र मान्यताहरू परिवर्तन हुँदै जान्छन् । समयसँगै आउने परिवर्तनले हाम्रा मेला, पर्व, संस्कृति र चलनहरूमा पनि काफी परिवर्तन आइरहेका छन् । तिहारको यति ठूलो सांस्कृतिक र सामाजिक महŒव हुँदाहँुदै पनि यसभित्रका विकृति र विसंगतिहरू मौलाइरहेका छन् । तिहारको नाममा पटका पड्काउँदा अंगभंग हुने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने, झै–झगडा गर्नेजस्ता विकृतिहरू बढ्दै गइरहेको समाचारहरू आउने गरेका छन् । समाज परिवर्तनसँगै आधुनिकता तथा चाडबाडहरूका नाममा आउने अनेक किसिमका विसंगतिहरूको निराकरण गर्न‘ हामी सबैको दायित्व हो ।

 

 

हाम्रा चाडबाडहरू आधुनिक समाजको विकासस“गै खर्चिला, भड्किला र यिनीहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य र मान्यताहरूलाई आधुनिकताको नवनिर्मित व्यवहारले ओझेलमा पार्दै गएको अग्रज नागरिकको बुझाइ छ । तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैंमा शास्त्रीय छ, सुसंस्कृत छ । यस सन्दर्भमा तिहारको महŒव र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नया“ पिंढीलाई सिकाउनुपर्छ

 

हाम्रा चाडबाडहरू आधुनिक समाजको विकाससँगै खर्चिला, भड्किला र यिनीहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य र मान्यतालाई आधुनिकताको नवनिर्मित व्यवहारले ओझेलमा पार्दै गएको अग्रज नागरिकको बुझाइ छ । तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैंमा शास्त्रीय छ, सुसंस्कृत छ । यस सन्दर्भमा तिहारको महŒव र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नयाँ पिंढीलाई सिकाउनुपर्छ, बुझाउनुपर्छ । यसो भएमा हाम्रा चाड पर्वहरूका शास्त्रीय मूल्य, मान्यता तथा सामाजिक महŒवहरू नयाँ पिंढीमा स्थानान्तरण हुँदै जान्छन् । नयाँ पिंढीले समाजका स्थिापित मूल्य र मान्यलाई शिरोधार्य गर्दै जान सक्छन् ।

तिहारमा महालक्ष्मीको पूजा–अर्चना गरेपछि घरघरमा दीपावली गरी भैलो र देउसी खेल्ने चलन पनि छ । औंसीको दिनमा ‘हे औंसी बार गाई तिहार भैलो’ भन्ने गीत गाएर भैलो, देउसी खेल्ने गरिन्छ । यस किसिमको नाचगानको रमाइलोपनले साथीभाइको जमघट हुने, खुसियाली आदानप्रदान गर्ने, आपसी सद्भाव बढाउने वातारणको सिर्जना गर्छ । रमाइलोपनको महसुस गराउँछ । तर आजभोलि देउसी, भैलो कार्यक्रमभित्र पनि विकृति र विसंगहरू भित्रिएका छन् । भैलो र देउसीलाई जबर्जस्ती पैसा उठाउने, आयआर्जन गर्ने र जम्मा भएको रकमले वनभोज तथा ककटेल पार्टीहरू गर्ने संस्कृति बढिरहेको छ । आफ्नो इच्छाले दान गर्न चाहनेले जति सकिन्छ त्यति दान गर्न‘ स्वाभाविक हो । परन्तु रकम तोकेर भैलो, देउसी खेल्ने, अरूलाई सताउने र जम्मा भएको रकमको दुरूपयोग गर्ने विकृतिको अन्त्य भने गरिनुपर्छ ।

 

(Visited 60 times, 1 visits today)