सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

राष्ट्रपतिद्वारा राष्ट्रिय पुस्तकालय र संग्र्रहालय अवलोकन

रासस
3 weeks ago
01/11/2018

कतार। राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चारदिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित राष्ट्रिय पुस्तकालय र संग्र्रहालयको अवलोकन गरेकी छन् । अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्मित पुस्तकालयमा अरबी, अंग्र्रेजीलगायत विभिन्न भाषाका १० लाखभन्दा बढी पुस्तक छन् । विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थलसहितको आकर्षक सुविधा सो पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी दिए ।

पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखद भएको बताउँदै ४ लाखभन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तक उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षण गराइन् । उनले यस किसिमको बाल पुस्तकालय र क्रीडास्थल नेपालमा पनि सान्दर्भिक रहेकाले यसको अध्ययनका निम्ति नेपाली टोली छिट्टै यहाँ पठाइने बताइन् ।

राष्ट्रपति भण्डारीले पुस्तकालयको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै आफ्नो धारणासमेत लेखेकी छन् । उनले यस किसिमको पुस्तकालय सबैका निम्ति आवश्यक र उदाहरणीय रहेको विचार व्यक्त गरे । पुस्तकालयको भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुस्तकालय अत्यन्त व्यवस्थित, आकर्षक र पठनमैत्री रहेको बताउँदै सभ्यता र अध्ययनशीलताको सूचक पुस्तकालयको विकास र विस्तारमा सरकार जागरुक रहेको स्पष्ट पारिन् ।

पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यहाँको राष्ट्रिय संग्र्रहालयको पनि अवलोकन गरिन् । आधुनिक शैलीमा निर्मित संग्रहालयमा पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महŒवका वस्तु व्यवस्थित र फराकिलो गरी राखिनु सबैका लागि अनुकरणीय हुने राष्ट्रपति भण्डारीले बताइन् ।