सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

समुद्र तात्दै जाँदा संकटमा ह्वेल

एजेन्सी
2 weeks ago
03/11/2018

 

 

विश्व तापमान बढ्दै गएको भनी चर्चा भइरहेका बेला समुद्रमा तातोपना आश्चर्यजनक रूपमा बढ्दै गएको छ । यसले समद्रमा रहेका सबै जलचरलाई संकटमा पारेको छ । समुद्रमा रहेका अनगिन्ती प्रजातिमध्ये कतिपय त प्रत्येक सेकेन्डमा लोप हुँदै गएको ठानिएको छ । यसका लागि प्राणी शास्त्रीहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

मानिसका आँखाले देख्नेमध्येका सबैभन्दा ठूलो समुद्री प्राणी ह्वेल अहिले संकटमा बाँचिरहेको छ । विभिन्न थरीका ह्वेलमध्ये आफ्नै परिवार वा सजातीय सदस्यहरू पनि हजारौं माइल टाढासम्म विचरण गर्ने गर्दछन् । उत्तर तथा दक्षिणी ध्रुवीय क्षेत्रहरूको हिउँ जमेको पानीभित्र रहने विभिन्न प्रजातिका ह्वेलमध्ये ब्लु ह्वेल सबैभन्दा ठूलो मानिन्छ । यो पनि हरेक महिना मरेको भेटिने गरेको छ । जल संसारमा उत्पन्न भएकोे यो समस्याले सिंगो पृथ्वीको आयु र मानव जतिको अस्तित्वका दिनको गणना हुन थालेको बताइएको छ ।

वायुमण्डलमा रहेको ओजोन तह नष्ट हुँदै जाँदा विश्व तापमानको कारणले समुद्रको पिँध पनि निरन्तर तातिरहेको छ । बारम्बारका ठूलाठूला ज्वालमुखी र भूकम्पका कारण पनि समुद्रको पानी तात्ने प्रक्रियालाई तीव्रता दिइरहेको छ । हावाहुरी र सुनामीले पनि निरन्तर पृथ्वी तात्ने प्रक्रियालाई सघाइरहेको बताइएको छ ।

समुद्रमा मानव निर्मित पानी जहाजहरू पनि समुद्रको पानी तात्ने प्रक्रियालाई साथ दिइरहेको छ । सैन्य अभ्यासहरू, क्षेप्यास्त्र प्रहार तथा अणु परमाणु परीक्षण तथा समुद्रका महŒवपूर्ण भागहरूमा माछा मार्नेलगायतका मानव क्रियाकलापहरूले पनि समुद्रको पानी तताइरहेका छन् । उत्तरी तथा दक्षिणी ध्रुवको हिउँ पग्लिएपछि समुद्रको चिस्यान र तापमानको सन्तुलनमा ठूलो असर परिरहेको छ । हिम भालु, पेन्गुइन तथा ब्लु ह्वेल जस्ता प्राणी प्रायः लोप नै हुने अवस्थामा छन् । महासमुद्र अहिले निकै बिरामी पररेको अवस्थामा छ ।

अतिमहाशक्ति र क्षत्रीय शक्ति राष्ट्रहरू समुद्र कब्जाको होडमा छन् । समुद्रमुनि रहेका बहुमूल्य खानी कब्जा र प्रयोगका लागि यो होड चलिरहेको छ । बढ्दै गएको पृथ्वीको तापमान कम गर्ने भनी गरिएको औद्योगिक राष्ट्रहरूको पेरिस सम्मेलनमा व्यक्त प्रतिबद्धताहरू कागजमा सीमित भएका छन् । हरित गृह ग्याँस उत्सर्जनमा संसारभरका मानिसहरूको क्रियाकलापमा निकै वृद्धि भएको छ ।