सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

रानीपोखरी पुनर्निर्माण नहुँदा संरक्षणकर्मी चिन्तित

राजधानी समाचारदाता
2 weeks ago
03/11/2018

काठमाडौं । मल्लकालीन सभ्यता बोकेको रानीपोखरी पुनर्निर्माण सुरु नहुँदा संस्कृति, सम्पदा र इतिहास अन्वेषक चिन्तित भएका छन् । संस्कृति र मल्लकालीन इतिहास ब्युँताउने सम्पदा रानीपोखरी पुनर्निर्माण विवादमा अल्झिँदा सम्पदा संरक्षणमा चासो राख्ने निराश भएका छन् ।

अहिले पुरानै परम्रागत तवरले निर्माण गर्ने सहमति कायम भए पनि मन्दिर निर्माण शैली र पोखरीमा राखिने पानी सन्दर्भमा ठोस निर्णय नहुँदा रानीपोखरी पुरानो शैलीको पर्खाइमा छ । इतिहास अन्वेषक एवं संस्कृतिविद् डा. रमेश ढुंगेल रानीपोखरी सहरको गहना भए पनि अहिले यसमा देखिएको वेथितिले ऐतिहासिक धरोहरको मर्ममाथि घात भएको प्रस्ट पार्छन् ।
‘प्रताप मल्लले निर्माण गर्न लगाएको रानीपोखरी धार्मिक, सामाजिक र सहरको सौन्दर्य देखाउने उद्देश्यले भए पनि पछिल्लो समय रानीपोखरी परम्परागत ऐतिहासिक शैली र संरचनाको निहुँमा रुमलिएको छ,’ उनले भने, ‘मल्लकालमा सहरबाहिर रहेको रानीपोखरी अहिले सहरको मुटुमै छ तर पुनर्निर्माण नभएर त्यतिकै बस्दा पीडादायी देखिएको छ ।’
रानीपोखरीले सहरको सौन्दर्य मात्र दिएको थिएन । वर्षको एकपटक भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिरमा दाजुभाइ दिदीबहिनी नहुने गएर टीकासमेत लगाउ“दा धार्मिक र सांस्कृतिक महŒव पनि दर्शाउने गरेको संस्कृतिविद् बताउ“छन् ।

पुनर्निर्माणका नाममा भएका राजनीतिले अहिले घाँसे मैदानमा परिणत भएको रानीपोखरी देख्दा सम्पदा संरक्षणमा लाग्नेको मन कु“डिने गरेको छ । ‘अहिले रानीपोखरीको हविगत देख्दा आँसु आउँछ,’ इतिहास अन्वेषक, संस्कृति तथा सम्पदा संरक्षणकर्मी डा. ढुंगेलले भने, ‘स्वार्थी नेताले गर्दा रानीपोखरीजस्ता इतिहास बोल्ने सम्पदा मर्नै लागेको छ ।’
१२ वैशाख २०७२ को महाभूकम्पपछि बिग्रिएको बालगोपालेश्वर मन्दिर र रानीपोखरी पुनर्निर्माण शिलान्यास नहुँदासम्म रानीपोखरीमा पानी थियो । २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएपछि पुनर्निर्माणको निहु“मा त्यहाँको पानी सुकाइयो । पानीसँगै ‘क्वाचा’ नामक कालोमाटो, जसका कारण पानी जमिनमा ‘लिकेज’ हुँदैनथ्यो । त्यो पनि क्रेन लगाएर निकालिएको सम्पदा संरक्षणविद् भीम नेपालको दुःखेसो छ ।

रानीपोखरी भूकम्पपछिको सम्पदा पुनर्निमाणको वेथिति चरमोत्कर्षको उदाहरण भएको उनी बताउँछन् । ‘पुनर्निर्माण विषयमा देखिएको जटिलतालाई लिएर प्रश्न गर्छन्, किन हामी दिशाविहीन पुनर्निर्माण उब्जाइरहेका छौं त ?,’ उनले भने, ‘यहाँ पुरातŒव, काठमाडौं महानगर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मिल्नेमा अनेक झमेलामा फसेका छन्, जनताको आवाजकै कारण मनलाग्दी निर्माण हुनबाट रोकिएको छ ।’
काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी रानीपोखरी जसरी भए पनि परम्परागत शैलीमै बनेरै छाड्ने बताउँछिन् । ‘रानीपोखरीको निर्माण महानगरले गर्छ, ठेक्काका लागि टेन्डर आह्वान भएको छ,’ उनले भनिन्, ‘रानीपोखरीभन्दा पनि बालगोपालेश्वर मन्दिर विषयमा विवाद छ ।’

पुरातŒव विभाग मन्दिर निर्माण जिम्मा लिएर छलफलमै अड्किएको छ । ‘हामी कुन शैलीमा बनाउने भन्ने छलफलमै छौं,’ विभाग प्रवक्ता रामबहादुर कुँवरले भने, ‘रानीपोखरी नबन्दाको चिन्ता हामीलाई पनि छ, हतारमा निर्माण गरेर फेरि भत्काउनुभन्दा घनीभूत छलफल गरेर दीर्घकालीन हिसाबले जाऔं ।’