सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

कोरियामा उज्यालो भविष्य

निमेन्द्र शाही
2 weeks ago
03/11/2018

कोरियामा उज्यालो भविष्य


निमेन्द्र शाही

करिब ३० वर्षअघि सुदूरपश्चिमस“ग सात पहाडी जिल्ला जोड्ने धनगढी–दिपायल सडक बनाउन कोरियाली कामदार आएका थिए । तर, अहिले तस्बिर फेरिएको छ ।
नेपालले ईपीएस प्रणालीअन्तर्गत रोजगारीका लागि सन् २००८ देखि नेपाली कामदार कोरिया पठाउन थाल्यो । गैरआवासीय नेपाली संघ कोरिया अध्यक्ष लक्ष्मी गुरुङका अनुसार सम्झौता हुनुअघि आफ्नै तवरले झन्डै १ हजार कामदार कोरिया गएका थिए ।
कोरियामा हाल झन्डै ४० हजार नेपाली कामदार छन् । त्यसमध्ये ८० प्रतिशत नेपाली युवा औद्योगिक क्षेत्रमा काम गर्छन् । २० प्रतिशत युवा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्छन् । रोजगारीका लागि कोरिया जान कोरियन भाषा जान्न जरुरी छ त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गर्नेले मात्रै कोरियामा रोजगारी पाउँछन् ।
गुरुङका अनुसार भाषासँगै सिप सिक्न पनि जरुरी छ । भाषा परीक्षा र सीपबापत एचआरडी कोरियाले तोकेको न्यूनतम शुल्क तिनुपर्छ । जो नेपाल रुपैयाँको करिब ५० हजार हुन आउँछ । रोजगारीका लागि कोरिया पुगेपछि युवाले चार वर्ष १० महिना काम गर्न पाउँछन् । भाषा परीक्षा उत्तीर्ण गर्ने सबै कोरिया जान पाउँदैनन् किनभने भाषा परीक्षामा कोरियाले माग गरेको कामदार संख्याभन्दा निकै बढी उत्तीर्ण हुने गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सोल हो । अरू प्रमुख सहर बुसान, इन्चोन, डाइजोन, ग्वाङजुमा नेपाली छरिएर काम गरिरहेका छन् । केहीले त्यही बसेर रोजगारीसमेत दिएका छन् । कोरियाको मुद्रालाई ‘वन’ भनिन्छ । सय वनबराबर झन्डै ९ रुपैयाँ १९ पैसा हुन्छ । यो विनिमय दर अमेरिकी डलर उतारचढावसँगै तलमाथि हुने गर्छ । दक्षिण कोरियामा बौद्ध र क्रिस्चियन धर्म मान्नेको बाहुल्य छ । यहा“ जाडोमा चिसो र सुक्खा हुन्छ । गर्मीमा भने ओसिलो र तातो हुन्छ ।
नेपाली कामदार मात्र छैनन्तनहु“की आस्था बिन्दु मल्ल दक्षिण कोरियाको राजधानी सोलमा ज्योति रेस्टुरेन्ट सञ्चालन गरिरहेकी छन् । यीबाहेक उनका कोरियामा दुई होटल छन्, छुङ्गुर र सिन्छाङमा ।

 

कोरियामा हाल  झन्डै ४० हजार नेपाली कामदार छन् । त्यसमध्ये ८० प्रतिशत नेपाली युवा औद्योगिक  क्षेत्रमा काम गर्छन् । २० प्रतिशत युवा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्छन् । रोजगारीका लागि कोरिया जान कोरियन भाषा जान्न जरुरी छ त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गर्नेले मात्रै कोरियामा  रोजगारी पाउ“छन्

 

कैलाली टीकापुरका प्रेम शाह गुम्छन् सहरमा अन्नपूर्ण रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । मनाङकी लक्ष्मी गुरुङको पूजा र कृति श्रेष्ठको लुम्बिनी यहाँका नाम चलेका रेस्टुरेन्ट हुन् । जहाँ नेपालीको बाक्लै भीड हुने गरेको छ । अहिले कोरियाभर दुई सयभन्दा बढी व्यापार गरिरहेका छन् ।
‘हामी यहाँ आएका नेपाली सबै एकै घरका कबिला बनेर बसेका छौं । कसैलाई दुःख पर्दा सबै मिलेर सहयोग गर्ने गरेका छौं,’ नेपाली जनसम्पर्क समिति अध्यक्ष अनिता बिन्दु मल्ल भन्छिन्, ‘नेपालीको चाडपर्व भेला भएर मनाउने गरेका छौं ।’
दुङ्देमुन सहरको बीचमा रहेको ‘नेपाली हाउस’ नेपाली भेला हुने ठाउँ हो । जहाँ गैरआवासीय नेपाली संघ कार्यालय छ । हरेक साता शनिबार र केहीको आइतबार मात्र बिदा हुन्छ । उनीहरू अन्य सहरबाट पनि रमाइलो मनाउन यही आउने गरेको ठकुरी समाज कतारका वरिष्ठ उपाध्यक्ष प्रकाशबहादुर सिंह बताउ“छन् । ‘हाम्रो लागि एक दिन भनेको घर गएजस्तै हुन्छ, नेपालका विभिन्न संगठनजस्तै यहाँ पनि छन्,’ उनले भने, ‘बुसान, इन्चोन, डाइजोन, ग्वाङजुमालगायतका सहरैपिच्छे नेपालीका होटल र पसल भेटिन्छन् ।’

 


कोरियामा पछिल्लो समय पढ्न भनेर जाने तर त्यहाँ गएर काम गर्ने आशा लिएर धेरै युवा जाने गरेका छन् । उनीहरूका लागि भने युरोपियन मुलुकजस्तो तीन–चार घण्टाको मात्र काम पाउन कठिन हुन्छ । काम मात्र गर्न जानेका लागि केही सहज भए पनि पढ्ने र कमाउनेलाई भने कठिन हुने गरेको एसिया प्यासेफिका उपसंयोजक विनोद कु“वर बताउ“छन् ।
कस्तालाई कठिन ?
‘पढ्ने कागज बनाएर आउने तर यहाँ कमाउने उद्देश्यले आएका नेपालीलाई साह्रै कठिन छ । यहाँ युरोपियन देशको जस्तो केही घण्टा मात्र काम गर्न चाहनेले काम पाउँदैनन्,’ नेपाली समाज कोरियाका सचिव सुन्दर पन्थी सुनाउ“छन्, ‘बाह्र कक्षा उत्तीर्ण गरेर आउने विद्यार्थीलाई कठिन छ । यहाँका दुर्गम कलेजमा विद्यार्थी हुँदैनन् । त्यस ठाउँमा पढाउन अरू देशका विद्यार्थी ल्याउने गरिएको छ । जहाँ औद्योगिक क्षेत्र पनि हुँदैनन् । उनीहरूलाई काम नपाएर समस्या हुन्छ ।’

 

बबिता क्षत्री म्यारिज ब्युरोबाट आएकालाई पनि केही कठिनाइ हुने बताउ“छिन् । उनका अनुसार यहाँका मान्छे खाना खाएर चिया पिउँछन्, नेपाली चिया खाएर खाना खान्छन् ।
‘संस्कृति पनि मिल्दैन, पछिल्लो समय कोरियामा विवाह गर्ने नेपाली महिलाले कोरियन भाषा र संस्कृति जान्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘तर, यहाँको र नेपालको संस्कृति नमिल्ने हो भने नेपाली ज्वाइँ हुनेले पनि हाम्रो संस्कृति जान्नुप¥यो नि † यसमा नेपाल सरकारले कडाइ गर्न जरुरी छ ।’

 

घरेलु हिंसा हुँदा जसले ‘कल सेन्टर’मा फोन गर्न सक्दैनन्, भाषा जान्दैनन्, ती महिलालाई कठिन हुने गरेको पाइएको छ । ‘यहाँका महिला धनसम्पत्ति भएकास“ग मात्र विवाह गर्छन्,’ मल्लिका थकाली भन्छिन्, ‘गरिब र सम्पत्ति नभएकाले यहाँ केटी पाउँदैनन् त्यसैले बाहिरबाट विवाह गरेर ल्याउने गरेका छन् ।’
नेपालबाट जाने नेतालाई यहाँको एनआरएनले कार्यक्रम गरी स्वागत गर्ने गर्छ । त्यही समय आफ्ना माग राख्ने गरिन्छ ।
‘यहाँ प्रचण्ड मात्र आएका छैनन्, अरू आएका सबैलाई समस्या राखेका छौं । साथीहरूले १२ देखि १८ घण्टा काम गर्ने गरेका छन्, यसमा कसैको ध्यान छैन । यहाँबाट रेमिट्यान्स जान्छ, त्यसैमा सबै रमाएका छन्,’ बैतडीका जितेन्द्र सिंह महता भन्छन् । ल