सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

युवा पुस्ताको क्रेज

 सुन्दरकुमार थकाली
2 weeks ago
03/11/2018

 

युवा पुस्ताको क्रेज

 सुन्दरकुमार थकाली

 

 

 

मुस्ताङमा चिसो मौसमको सुरुवात हु“दै छ । उपल्लो मुस्ताङमा तापक्रम माइनस ३ डिग्रीमा छ । त्यहाँ बसोबास गर्ने अधिकांश स्थानीय हिउँदको चिसो छल्न बेंसी झर्ने क्रममा छन् । उपल्लो भेकका गुम्बा विद्यालय घुम्ती कक्षाका लागि पोखरातर्फ प्रस्थान गर्दै छन् । स्थानीय तहका गतिविधिसमेत चिसोकै कारण स्थिर छ । तल्लो मुस्ताङमा पनि चिसोको प्रभाव वृद्धि हुँदै छ ।

मुस्ताङमा चिसो ह्वात्तै बढ्दै छ तर यतिबेला भने यहाँ युवायुवतीको पर्यटकीय रौनकले तापक्रम उत्कर्षमा पुग्दै छ । वर्षायाम सकिएर हिउँद सुरुवात भएलगत्तै यहाँको पर्यटन व्यवसाय गर्मिएको हो ।

बर्सेनि मनाइने महान् पर्व दसैं बिदाको अवसर मिलाएर मुलुकभरका युवायुवती यतिबेला मुस्ताङमा खनिँदै छन् । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्मका सानाठूला होटल पर्यटकले भरिभराउ छ । त्यसो त उपल्लो मुस्ताङ भ्रमण गर्ने आन्तरिक पर्यटकको पनि उक्तिकै चाप छ । दसंै बिदाको मौका छोपेर उत्तरी कोरला नाकासम्म नेपाली पर्यटक पुगेका छन् ।

दसैं, तिहार, छठमा सरकारी तथा गैरसरकारी संस्था र विद्यालयहरू बन्द हुने गर्छ । दसैंको टीका भ्याएर आन्तरिक पर्यटकको घुम्ने थलो मुस्ताङ बनेको हो । दसंै र तिहारको फुर्सदिलो साइत जुराएर १६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवायुवती मुस्ताङ भित्रिएका छन् । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन तथा यहाँको फरक भूगोल हेर्न युवायुवतीको मुस्ताङ क्रेज बढेको हो । नेपाली चलचित्रमा मुस्ताङको दृश्य छायांकन, विभिन्न सञ्चार माध्यममा मुस्ताङको समाचार, सामाजिक सञ्जालमा मुस्ताङको दृश्य पोस्ट, राउन्ड अन्नपूर्ण पदमार्ग,उत्तरी कोरला नाकाको चर्चा बेनी–जोमसोम, जोमसोम–कोरला राष्ट्रिय गौरवको आयोजना, यहाँको धर्म संस्कृति, प्राकृतिक सम्पदा आदिले युवापुस्ताको घुमफिरको केन्द्र बनेको हो मुस्ताङ । दसैंको बिदामा सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था, क्याम्पस तथा विद्यालय, वैदेशिक रोजगारमा गएर घर फर्किएका नेपाली र विभिन्न व्यापार व्यवयासमा आबद्ध नेपाली यतिबेला मुस्ताङ भ्रमणको यात्रामा छन् ।

 

बर्खा याम सकिएर हिउ“द सुरुवात भएलगत्तै यहा“को पर्यटन व्यवसाय गर्मिएको छ

 

 

यसअघि पनि दसैंको सोह्रश्राद्ध तिथिमा स्वदेशी तीर्थालुहरूको मुस्ताङमा आइरो नै लागेको थियो । कागबेनीमा पिण्डदान तथा मुक्तिनाथ दर्शनका लागि १६ श्राद्ध अवधिभर करिब २५ हजार तीर्थालु मुस्ताङ आएको जिल्ला ट्राफिक कार्यालयले बताएको थियो । हिउँदको पूबाद्र्ध सुरुवातको समय मुस्ताङ पर्यटकीय सिजन मानिन्छ । दसैंको नवरात्रदेखि नै सुरु भएको युवायुवतीको मुस्ताङ आगमन अझै जारी छ । दसैं टीकाको भोलिपल्टदेखि नै मुस्ताङमा स्वदेशी पर्यटकले भरिन थालेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।

 

उनले दसैं–तिहार जस्ता चाडपर्वको मेलो छोपेर युवायुवती मुस्ताङ घुम्न आइरहेको बताए । शुक्रबारदेखि सोमबार साझसम्म तल्लो मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्मका होटल पर्यटकले भरिएका छन् । अध्यक्ष तुलाचनका अनुसार स्वदेशी पर्यटकको ओइरो तिहार र छठसम्म जारी रहने जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी हबल्दार दानप्रसाद नगरकोटीका अनुसार दसैंको टीकादेखि ३ दिनमा करिब ११ हजार स्वदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको जानकारी दिए । उनले यसरी मुस्ताङ घुम्न आउनेमा अधिकांश नेपाली युवायुवती रहेको बताए । नगरकोटीका अनुसार दैनिक ६ सयको संख्यामा सवारीसाधन मुस्ताङ भित्रिन्छन् ।

मापदण्डविपरीत सवारी चालकलाई कारबाही गर्दा एक सातामै एक लाख बढी राजस्व संकलन भएको छ । सीमित दरबन्दीका कारण ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको देखिन्छ ।

भक्तपुरकी रामलक्ष्मी प्रजापतिले मुस्ताङको जतिसुकै बखान गरे पनि अपुग हुने बताइन् । ‘नेपाल प्राकृतिक सम्पदाले धनी देश हो भन्ने बाल्यकालमा किताबमा मात्रै पढेकी थिए“, राजधानीको धुँवा र धुलाम्मेले आजित थियौं,’ उनी भन्छिन्, ‘मुस्ताङमा पहिलोपटक आउ“दा पढेको सबै कुरा यही देख्यौं ।’

काठमाडौंकै सौरभ खड्काले मुस्ताङबारे साथीबाट धेरै कुरा जानकारी पाएकाले आएको बताए । मुक्तिनाथ दर्शनकै लागि मुस्ताङ आएको बताउने उनी फर्कने क्रममा कागबेनी, ढुम्बालेक, मार्फाको स्याउबारी अवलोकन गर्ने बताउ“छन् ।

पछिल्लो समय मुस्ताङ राष्ट्रिय हिसाबले चर्चित बन्दै छ । वारागुङ मुक्तिक्षेत्रमा अवस्थित पवित्र श्राद्धस्थल कागबेनीमा पनि धार्मिक तीर्थालुको ओइरो नै लाग्छ । मुक्तिनाथ दर्शन गर्न आएका तीर्थालु जोमसोमनजिकैको ढुम्बाताल अवलोकन गर्न छुटाउँदैनन् । उपल्लो मुस्ताङ जाने पर्यटकले लोमान्थाङ दरबार, छोसेर गुफा र कोरला नाकाको अवलोकन गरेर  फर्कने गरेका छन् । ल