सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

इच्छा शक्ति

2 weeks ago
03/11/2018

इच्छा शक्ति

ओम बानियाँ

 

चर्चित हिन्दी फिल्म तारे जमिन परमा एक दृश्य छ, जसमा अभिनेता आमिर खान भन्छन्, ‘सोलोमन आइल्यान्डका आदिवासीहरूले रूख काट्दैनन् । उनीहरू रूखको वरिपरि एककठ्ठा भएर घण्टौंसम्म रूखलाई तथानाम गाली गर्छन् । खुब गाली गर्छन् । केही सातापछि रूख सुखेर आफैं ढल्छ ।

धेरैलाई यो कुरा सायदै विश्वास लाग्ला । प्रत्यक्ष देख्ने आममानिसले यसलाई दैविक चमत्कार भन्ने गर्छन् । तर, यो कुरा सही र प्रमाणिक हो । यस सम्बन्धमा अनेक विद्वान्हरूको आआफ्नो तर्क छ । तर, वैज्ञानिक डा. ब्रुस लिप्टनको अनुसार यो कुनै चमत्कार नभएर मानव मनको शक्ति कमाल हो । हुन पनि हो, मानिसको मनमा असीमित शक्ति छ । तीन त्रिभुवन हल्लाउने शक्ति छ । खा“चो छ त सिर्फ यसको सदुपयोगको ।

 

मनको शक्ति

मन र मस्तिष्क अलग अलग अंगहरू हुन् । मन मस्तिष्क जस्तो दृश्य छैन, अदृश्य छ । वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सफ्टवेयर हो । मनको तीन स्तर हुन्छ । चेतन, अवचेतन र अचेतन अवस्था । यो वर्गीकरणको कुनै भौतिक आधार छैन । यो एक मनोवैज्ञानिक अवधारणा हो ।

चेतन मनको शक्ति १० प्रतिशतभन्दा कम छ, जब कि अवचेतन मनको शक्ति ९० प्रतिशत भन्दा बढी । तर, मानिसले केवल चेतन मनको शक्तिले कार्य गर्छ । अवचेतनलाई उपयोग गर्दैन । अवचेतन मन कहिल्यै सुत्दैन, आराम गर्दैन । दिनरात क्रियाशील रहन्छ, श्वाप्रश्वास, रक्तसञ्चार, पाचन तथा उत्सर्जन क्रियामा यसको भूमिका रहन्छ ।

चेतन मन सक्रिय अवस्थामा हो, जसले सोचविचार तथा तर्कका आधारमा निर्णय लिन्छ, कार्य गर्छ । तर, अवचेतन मन एक भण्डार जस्तो हो, जसमा विचार, अनुभव तथा धारणा संग्रह हुन्छ । अवचेतन मन तर्क तथा सोच विचारले कार्य गर्दैन, अनुभव तथा धारणााका आधारमा स्वचालित तरिकाले कार्य गर्छ । चेतन तथा अवचेतन मनलाई उदाहरणबाट प्रस्ट पार्न सकिन्छ ।

जब कुनै व्यक्तिले साइकल चलाउन सिक्छ, उसलाई ध्यानपर्वूक साइकल नियन्त्रित गर्नुपर्छ । सुरुवातमा सन्तुलन बनाउन गाह्रो हुन्छ, ऊ डराएको पनि हुन्छ ।

तर, जब उसले साइकल चलाउन सिक्छ, तब उसलाई साइकल चलाउन नियन्त्रित गर्नुपर्दैन । साइकल स्वतः नियन्त्रित हुन्छ, उसले बातचित गर्दै वा कुनै कार्य गर्दै पनि साइकल चलाउन सक्छ । यो कसरी हन्छ ? सुरुवातमा जब व्यक्ति पहिलोपटक साइकल चलाउन सिक्छ, तब उसले

आफ्नो चेतन मन प्रयोग गर्छ, जब उसले साइकल चलाउन अभ्यास गर्छ, तब यो अनुभव अवचेतन मनमा संग्रह हुन थाल्छ, अनि बिस्तारै बिस्तारै अवचेतन मनले चेतन मनको ठाउँ लिन थाल्छ ।

वास्तवमा अवचेतन मनले एक अटोपाइलट सिस्टम जस्तै आफसे आफ स्वचालित तरिकाले कार्य गर्छ । सबै स्वचालित कार्यहरू जस्तैः सास लिनु, मुटु धडकनु, रक्तसञ्चार, पाचन तथा उत्सर्जन आदि कार्यहरू अवचेतन मनद्वारा नै हुने गर्छ । आदत तथा दैनिक दिनचर्याका कार्यहरूमा पनि अवचेतन मनको महŒवपूर्ण भूमिका हुन्छ ।

अवचेतन मन एक सफटवेयर वा रोबोट जस्तै हो, जसको प्रोग्रामिङ चेतन मनद्वारा हुने गर्छ । अवचेतन मनले स्वयं रामो नरामो सोच्न सक्दैन, यो प्रोग्रामअनुसार स्वचालित तरिकाले कार्य गर्छ ।

हाम्रो हरविचार हाम्रो अवचेतन मनमा महŒवपूर्ण प्रभाव वा अर्को शब्दमा भन्ने हो भने हामी जे जस्तो सोच्छांै वा गर्छौं, त्यो सबै अवचेतन मनमा प्रोग्रामिङ हुन्छ । अनि विस्तारै विस्तारै अवचेतन मन त्यस कार्यलाई नियन्त्रित गर्न थाल्छ । हाम्रो आदत तथा धारणा यसरी नै निर्माण हुन्छ । पछि स्वचालित रूपमा अवचेतन मनद्वारा नियन्त्रित हुन्छ ।

 

 

मन र मस्तिष्क अलग–अलग हुन् । मन  मस्तिष्क जस्तो दृश्यमान छैन । वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सफ्टवेयर हो । मनका तीन तह हुन्छन्, चेतन, अवचेतन र अचेतन । यो वर्गीकरणको कुनै भौतिक आधार छैन । यो एक मनोवैज्ञानिक अवधारणा हो

 

 

रोगहरूको जरो

मानिसको अवचेतन मन चेतन मनभन्दा लाखौं गुणा शक्तिशाली हुन्छ । यही अवचेतन मनले नै मानिसको जीवन बनाउँछ । मानिसको जीवन बिगार्छ । मानिसलाई स्वस्थ बनाउ“छ । मानिसलाई रोगी बनाउ“छ । जब व्यक्तिले नकारात्मक भावनाहरू अवचेतन मनमा दबाएर राख्दछ, बाहिर निक्लने बाटो दि“दैन, तब शरीरको रासायनिक प्रक्रिया विषाक्त हुन्छ अनि तनाव, चिन्ता, हृदय रोग तथा अल्सर आदि जस्ता रोगहरू पैदा हुन्छन् । वास्तवमा रोगहरूको जरो भनेको नै अवचेतनमा दबेर रहेको नकारात्मक भावना हो ।

 

परिवर्तन सम्भव

हो, परिवर्तन गर्न गाह्रो छ तर असम्भव चाहिँ छैन । चेतन मन र अवचेतन मनको मनोवैज्ञानिक अवधारणालाई बुझ्ने हो भने मानिसले जीवनका ठूलो परिवर्तन गर्न सक्छन्, कयौं मानिसहरूले गरिरहेका पनि छन् । यसैका कारण नै मानिसले आप्mनो कुनै खराब आदत परिर्वतन गर्ने भरमग्दुर कोसिस गर्दा पनि परिवर्तन गर्न सक्दैनन् । त्यो किनभने आदत अवचेतन मनमा यति मजबुतसँग प्रोग्रामिङ भएको हुन्छ कि त्यसलाई चेतन मनको कोसिसले कुनै असर गर्दैन ।

आदत बदल्न अवचेतन मनमा इन्स्टल भएका खराब आदतहरूलाई हटाएर त्यसमा सकारात्मक कुराहरू स्थापित गर्नुपर्छ । दि बाइलोजी अफ बिलिफका लेखक डा. ब्रुस लिप्टनका अनुसार यसरी नै जब सोलोमन आइल्यान्डका मानिसहरू रूखलाई गाली दिन्छन् तब रूखको माइन्डले नकारात्मक तथा खतरनाक विचारहरूलाई इन्स्टल गर्छ । जसका कारण रूखको मोलेकुलर संरचना बिग्रन्छ । अनि रूख सुकेर ढल्छ । यस कुराको पुष्टि क्वान्टम फिजिक्सले पनि गर्छ । यही कुरा मानिसमा पनि लागू हुन्छ । बारम्बार एकै कुरा दोहो¥याउनाले मनमस्तिष्कको संरचना नै परिवर्तन हुन्छ । २५ सय वर्ष पहिला महात्मा बुद्धले भनेका नै थिए,‘तिमीले जस्तो सोचका थियौ, त्यस्तैभएका छांै ।

पुछारमा

संसारमा जति पनि हिंसा, डर, क्रोध, घृणा, इष्र्या तथा बदलाका भावनाहरू छन्, त्यसको मूल कारण हो, अवचेतनमा छुपेको नकारात्मक भावना । चिन्ता, भय, तनाव तथा निराशाले हृदय, फोक्सो, आमाशय तथा आन्द्रा आदिको समान्य कार्यप्रणालीको गतिमा अवरोध सिर्जना गर्छ । सकारात्मक विचारले अवचेतन मनको नकारात्मक हट्छ । सुख, स्वस्थ र शान्ति प्रकट हुन्छ । स्वस्थ र सकारात्मक विचार अवचेतनमा प्रवाहित गरेर स्वस्थ जीवन प्राप्त गर्न सकिन्छ ।

माइन्ड फुलनेस

ध्यानमा मनमस्तिष्क संरचना परिर्वतन गर्ने शक्ति हुन्छ । मनलाई शान्त बनाउन तथा मस्तिष्कलाई स्वस्थ र मजबुत बनाउन ध्यानको ठूलो महŒव छ । ध्यान प्राचीन वैदिक ऋषिमुनिहरूको महान् आविष्कार हो । ध्यानले मानिसको जीवन सुन्दर हुन्छ ।