सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

उज्यालो पर्व

नवीन लुइँटेल
2 weeks ago
03/11/2018

उज्यालो पर्व


नवीन लुइँटेल

झिलिमिली र फूलैफूलको चाड तिहार आगामी सोमबारबाट सुरु हुँदै छ । कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारलाई यमपञ्चक पनि भनिन्छ । काग तिहारदेखि भाइटीकासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिएको हो ।
तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अकार्तिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लंग पार्दछ । यस पर्वको नाम हिन्दी भाषाको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ ।

काग तिहार

तिहारको पहिलो दिन काग तिहार मनाइन्छ । यसपालि १९ कात्तिक सोमबारका दिन काग तिहार परेको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । अत्यन्त चलाख पक्षीका रूपमा रहेको कागलाई सन्देशको वाहक मानिन्छ । कागलाई मीठामीठा खानेकुरा खान दिई पूजा गरेर काग तिहार मनाइने चलन छ । पौराणिक कथाअनुसार कागले सन्देशवाहकका रूपमा मानवजातिलाई सहयोग गरेको मान्यताअनुसार तिहारको पहिलो दिन कागलाई पुज्ने गरिन्छ । कागलाई यमदूतका रूपमा पनि पुज्ने चलन रहिआएको छ । कागलाई हाम्रो समाजमा काकगवेषणा, काकन्याय, काकबली जस्ता शब्दले सम्बोधन गरिन्छ ।


धनवन्तरी जयन्ती

कात्तिक कृष्ण त्रयोदशीकै दिन सोमबार आयुर्वेदका प्रणेता धनवन्तरी जयन्ती पनि मनाइनेछ । समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस मनाउने गरिन्छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।

कुकुर पूजा

यमपञ्चकको दोस्रो दिन मंगलबार २० कात्तिकका दिन कुकुर तिहार मनाइ“दै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन घरको रक्षक एवं द्वारपाल कुकुरको पूजा गरी कुकुर तिहार मनाउने चलन छ । कुकुरलाई अबिर र माला लगाइदिई मनपर्ने खानेकुरा दिएर पूजा गरिन्छ ।
कुकुर पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ । सत्यवादी युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

नरक चतुर्दशी

कात्तिक कृष्ण चतुर्दशीका दिन मंगलबार बिहान पितृ उद्धारका लागि नर्के बगाइने परम्परा छ । बिहान सूर्योदयपहिले टपरी वा दुनामा दक्षिण फर्काई बत्ती राखेर पानीमा बगाउँदा पितृको मोक्ष हुने विश्वास छ । यसरी बालिने बत्ती घरमा रहेका परिवारको संख्या जत्ति नै बाल्ने गरिन्छ ।


लक्ष्मीपूजा, दीपावली र भैलो

२१ कात्तिकमा घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कार्तिक कृष्ण आंैसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिने चलन छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ ।
यसै दिन साँझ भैलो पनि खेल्ने चलन छ । भैलो खेल्न घर आँगनमा आएकालाई सेलरोटी र दक्षिणासहित बिदा गरिन्छ । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटी भैलो खेलेर रमाइलो गर्छन् । वर्षका चार महŒवपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।

सत्ययुगमा वामन अवतार लिएका विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवान्लाई सन्तुष्ट पारेर दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेको पुराणमा छ । युवतीहरूले हरियो गोबरले लिपेको बोलको गीतसँगै भैलो र पुरुषले देउसी खेल्ने गर्छन् ।
२२ कात्तिकमा गोवद्र्धन पहाडको पूजा गरिँदै छ । गोबरको थुप्रो लगाई गोवद्र्धन पर्वत सम्झिएर पूजा गरिन्छ । पौराणिक कालमा भगवान् श्रीकृष्णले गोवद्र्धन पहाड उचालेर घनघोर वर्षाबाट गोकुलवासीको उद्धार गरेका थिए । यसै दिन अमृत दूध पान गराउने गाई र खेतबारीमा प्रयोग हुने गोरुको सम्मानका लागि पूजा पनि गरिन्छ ।
गाई र गोरुलाई सिंगारेर पिठो र अबिरको छाप लगाउने गरिन्छ । ती जनावरलाई पिठो र रोटी खानसमेत दिइन्छ । यही दिन जनैपूर्णिमामा बाँधेको रक्षाबन्धन डोरो हातको नाडीबाट निकालेर गाईको पुच्छरमा बाँधिन्छ । यसो गर्नाले मरेपछि वैतरणी तर्न सजिलो हुने धार्मिक विश्वास छ । परम्पराअनुसार गोरु र गोवद्र्धन तिहारका दिन देउसी खेल्ने गरिन्छ । यस दिन साँझपख केटाले देउसी रे देउसी रे भन्दै देउसी खेल्ने गर्छन् ।

न्हु“ दया भिन्तुना र म्हपूजा

२२ कात्तिक बिहीबारका दिनदेखि नेपाल संवत् पनि फेरिँदै छ । त्यो दिनदेखि ११३८ सकिएर ११३९ सुरु हुनेछ । राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालीन नेपाल अर्थात् कान्तिपुरमा ऋण मोचन तथा आर्थिक व्ययभार हटाउन अतुलनीय योगदान दिई नेपाल संवत् सुरुवात गराएको मान्यता नेपाली समाजमा रहिआएको छ ।
त्यही दिन नेवार समुदायमा आफ्नो शरीरको पनि पूजा गर्दै म्हपूजा गरिन्छ । परिवारका सदस्य सबै एक ठाउँमा भेला भएर म्हपूजा गर्ने परम्परा छ । अरूको जसरी पूजा गरिन्छ, त्यसरी नै आफ्नो शरीरको पनि रक्षाका लागि म्हपूजा गर्ने प्रचलन छ । यो दिन देउसी पनि खेल्ने परम्परा छ ।

 

 

तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अकार्तिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लंग पार्दछ । यस पर्वको नाम हिन्दी भाषाको त्योहार शब्द अपभ्रंश हु“दै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले  पनि चिनिन्छ

 


भाइटीका

तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहसाथ मनाइन्छ । यसपालि २३ कात्तिक शुक्रबारका दिन भाइटीका मनाइँदै छ । यो पर्वमा दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानसाथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा, मिष्ठान्न परिकार आदि मनपर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महŒव छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको अह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ ।

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अगिल्लो दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान, सुपारी, फूल आदि दिने चलन छ । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ । टीकाको दिन बिहानै नुहाएर अष्ट चिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दुबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महŒव छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दुबो सधंै हरियै रहन्छ ।

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिँदा शान्ति बर्सिन्छ भन्ने मान्यता छ । तिहारमा लगाइने टीका पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो रंगको गरी सात रंगका हुन्छन् । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् । यमलेश्वर मन्दिर पुनर्निर्माणको क्रममा रहेकाले यसपालि रानीपोखरीको द्वारमै बसेर पूजाको प्रबन्ध मिलाइने तयारी छ ।

तिहारस“ग जोडिएको प्रसंग

सूर्यका छोरा यमराजले बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको हिन्दू धर्मशास्त्रमा उल्लेख छ ।
यसरी रहँदा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु र कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् ।
यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको विश्वास छ ।